२०८३ कार्तिक ११ गते मङ्गलबार

वाग्नरजस्ता भाडाका सेनाले कसरी काम गर्छन्?

 |  जुबेर अहमद
Sanket

जुबेर अहमद

काठमाडौँ, असार १७
wagner

निजी सेना वाग्नरका प्रमुख येवगेनी प्रिगोजिन अघिल्लो हप्ताको शुक्रबार भएको असफल विद्रोहपछि बेलारुस पुगेका छन्। बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोले गत मंगलबार यसको पुष्टि गरेका थिए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार सेनालाई सम्बोधन गर्दै वाग्नर विद्रोहको असफलतापछि ‘गृहयुद्ध रोकेको’ बताएका छन्। जसरी वाग्नर समूहको विद्रोहले राष्ट्रपति पुटिनलाई युक्रेनसँगको युद्धमा कठिन अवस्थामा पुर्‍याएको छ, त्यसले निजी सेनाको भूमिकामाथि प्रश्न उठिरहेको छ।

भाडाको सेनाको संसारमा केही उज्याला किरणहरू पनि देखिन थालेका छन्। भाडाका सेनाको संसार युद्धभूमि हो, जहाँ युद्ध हुन्छ त्यहाँ तिनीहरू उपस्थित हुन्छन्। तिनीहरू विश्वका प्रमुख देशहरूको लागि काम गर्छन् र केही गैर-सरकारी संस्थाहरूले पनि तिनीहरूको सेवा लिएको पाइन्छ।

यद्यपि धेरै देशहरूमा निजी सेनाहरू सक्रिय छन् र तिनीहरूको संख्या घट्दै गएको छ, तर सामान्यतया रूसको वाग्नर समूह र अमेरिकाको एकेडेमी (पुरानो नाम ब्ल्याकवाटर) दुई त्यस्ता प्रसिद्ध निजी सैन्य कम्पनीहरू (पीएमसी) हुन् जुन पछिल्लो समयमा सक्रिय छन्। त्यसैगरी यस्ता कम्पनीहरू पछिल्ला केही वर्षदेखि विवादमा पनि रहेका छन्।

वागनर ग्रुप

सेन म्याकफिट वाशिंटन डीसीको नेसनल डिफेन्स विश्विद्यालयका प्रोफेसर हुन् र वर्षौंसम्म निजी सेनाको हिस्सा रहेपछि उनले दुई पुस्तक र केही उपन्यासहरू लेखेका छन्। बीबीसीसँगको फोन वार्तामा उनले निजी सेना वा भाडा सेना आफैंमा उद्योग भएको बताए।

उनी भन्छन्, ‘मैले भाडामा भएका सैनिक वा निजी सैनिकको जीवन खतराले भरिपूर्ण छ भनेर मानिसहरूलाई बताउन सकियोस् भनेर किताब लेखेको छु। तर पनि ठूला देशहरूले यसलाई गम्भीरतापूर्वक लिएका छैनन्।’

यो सन् १९९० को दशकमा सुरु भएको थियो तर सरकारले यसलाई नियन्त्रण गर्न ढिलो गरेको छ। यसरी नै अगाडि बढ्ने हो भने अन्तर्राष्ट्रिय सम्बन्धमा असर पर्ने देखिन्छ। किनभने जनता निजी सेना बनाउने सोच्न थाल्छन्। भोलि एलोन मस्क (ट्विटर र टेस्लाको मालिक) ले आफ्नै व्यक्तिगत सेना बनाउन सक्छ। जो कोहीले पनि एक निजी सेना राख्न सक्छ। यदि यो प्रवृत्ति जारी रह्यो भने, संसार परिवर्तन हुनेछ, अराजकता फैलिनेछ।

६२ वर्षीय प्रिगोजिन राष्ट्रपति पुटिनका निकै चुनौतीपूर्ण र विवादित निर्णय हो। वाग्नरलाई २०१४ मा राष्ट्रपति पुटिनले विश्वभर रूसी प्रभाव पुनः स्थापित गर्ने उद्देश्यले गठन गरेका थिए।

दिल्लीका राजनीति र विदेश मामिलाका विज्ञ डा सुवरोक्मल दत्त वाग्नर समूहको विद्रोहका कारण पुटिनको शासन खतरामा परेको जस्तो देखिएको बताउँछन्। यस समूहका लडाकुहरूको संख्या २० देखि ३५ हजारको बीचमा छ र यसले युक्रेनको दक्षिण र पूर्वमा युक्रेनी सेनाविरुद्ध ठूलो सफलता हासिल गरेको छ।

सन् २०१४ मा रुसले क्रिमिया कब्जा गर्दा पनि यस समूहको ठूलो योगदान थियो। निजी सेनाका गतिविधिहरू विवादित रहँदै आएका छन्। उदाहरणका लागि, सेप्टेम्बर २००७ मा, इराकको राजधानी बगदादमा एक नरसंहार भयो। यसमा अमेरिकी निजी सुरक्षा कम्पनी ब्ल्याकवाटर वर्ल्डवाइड (अहिले एकेडेमी भनेर चिनिन्छ)का सिपाहीहरू थिए। यो त्यही कम्पनी थियो, जसलाई अमेरिकी सरकारले इराकमा सुरक्षा सेवाहरू प्रदान गर्न सम्झौता गरेको थियो।

ब्लैकवाटर

बगदादमा अमेरिकी निजी सुरक्षा कम्पनी ब्ल्याकवाटर (८ जुलाई २००६)।

यो घटनालाई लिएर यस्तो आरोप लगाइएको छ कि ब्ल्याकवाटरका कर्मचारीहरूले आउँदै गरेको गाडीबाट खतरा महसुस गरे र भीडभाड भएको व्यस्त चौरमा गोली चलाए। उनीहरूले सवारी साधन र पैदल यात्रुहरूमा अन्धाधुन्ध गोली चलाएका थिए।

गोलीबारीमा १७ इराकी नागरिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका थिए। पीडितहरूमा पुरुष, महिला र केटाकेटीसमेत रहे। जसमध्ये धेरै निशस्त्र थिए र उनीहरूबाट एकेडेमीका सेनलालाई कुनै स्पष्ट खतरा थिएन। इराकी सरकारले यस घटनाको कडा विरोध प्रकट गर्नुका साथै घटनाबारे कडा अन्तर्राष्ट्रिय आलोचना पनि भएको थियो।

नरसंहारको बारेमा अमेरिकी अनुसन्धानले ब्ल्याकवाटर ठेकेदारहरूको बल प्रयोग अत्यधिक र अनुचित थियो भन्ने निष्कर्ष निकाल्यो। अमेरिकी न्याय विभागले पछि घटनामा संलग्न ब्ल्याकवाटरका धेरै कर्मचारीहरूलाई हत्याको आरोप लगाएको थियो।

घटनाले इराकमा निजी सुरक्षा ठेकेदारहरूको विवादास्पद भूमिकालाई उजागर गरेको निकै चर्चित घटना हो यो। यस घटनाले युद्ध मैदानमा सञ्चालन गरिरहेका निजी सैन्य कम्पनीहरूको अनुगमन गर्ने बारे व्यापक बहस सुरु गरेके हो।

प्रोफेसर सेन म्याकफेट अफ्रिकाका धेरै देशहरूमा निजी सेनाको एक हिस्सा भइसकेका छन्। उनी भन्छन् कि यी सैनिकहरूको जवाफदेहि छैनन। यिनीहरूले कसैलाई जवाफ दिनु पर्दैन त्यसैले सरकारले तिनीहरूलाई प्रयोग गर्दछ।

उनी भन्छन्, ‘यो भाडामा सैनिकलाई काममा राख्नुको खास बिशेष कारण हो। यदि सरकारी सिपाहीले कसैको हत्या गर्यो भने उसलाई कोर्ट मार्सल गरिन्छ। तर निजी आर्मी समूहको सिपाहीले त्यही गर्छ भने ऊ घर फर्कन्छ।’

भाडाका सेनाको इतिहास
भाडाको सैनिकको भूमिका त्यति नै पुरानो छ जति हाम्रो इतिहास पुरानो छ। व्यक्तिगत स्वार्थ, राजनीतिक स्वार्थ वा वैचारिक कारणले उनीहरू शताब्दीयौंदेखि युद्धमा संलग्न छन्। इतिहास भरि, निजी सेनाहरू राज्यको नियमित सेनालाई सहयोग गर्ने, व्यावसायिक हितहरूको रक्षा गर्ने र विशेष सैन्य अपरेसनहरू सञ्चालन गर्ने लगायत विभिन्न कारणहरूका लागि प्रयोग गरिएको पाइएको छ।

वागनर ग्रुप

वागनर समूहको सेना।

प्राचिन इजिप्टमा फारो(प्राचिन इजिप्टियन रुलर)ले छिमेकी क्षेत्रहरूबाट भाडामा सैनिकहरू नियक्त गर्ने र स्थायी सेना राख्ने गरेका थिए। पुरातन ग्रीसका एथेन्स र स्पार्टा जस्ता सहर-राज्यहरूले आफ्ना सैन्य बलहरूलाई बलियो बनाउन प्रायः ‘हप्लाइट्सू भनेर चिनिने भाडाका सैनिकहरू राख्थे।

पुरातन रोमन साम्राज्यले आफ्ना सेनाहरूलाई पूरक बनाउन जर्मनिक जनजातिहरू जस्ता भाडाका सैनिकहरूलाई नियुक्त गर्यो। सम्राटहरूले पनि व्यक्तिगत अंगरक्षक एकाइहरू गठन गरे।

औपनिवेशिक युग र पुनर्जागरण
युरोपेली नवप्रवर्तनः निजी कम्पनीहरू जस्तै डच ईस्ट इन्डिया कम्पनी र ब्रिटिश ईस्ट इन्डिया कम्पनीले आफ्नो व्यावसायिक हितको रक्षा गर्न निजी सेनाहरू स्थापना गरेको इतिहास छ।

पुनर्जागरण इटालीः भेनिस र फ्लोरेन्स जस्ता शक्तिशाली शहर-राज्यहरूले आफ्नो तर्फबाट युद्ध लड्न भाडा सेनाहरू प्रयोग गरेको पाइएको छ।

साम्राज्यवादको युग
युरोपेली साम्राज्यहरूः औपनिवेशिकताको उचाइको समयमा, युरोपेली शक्तिहरूले आफ्नो उपनिवेश विस्तार गर्न र नियन्त्रण कायम राख्न निजी सेना र भाडामा काम गरे सैनिक नियुक्त गरेका थिए। ब्रिटिस साउथ अफ्रिका कम्पनी र कंगो फ्री स्टेटको फोर्स पब्लिक जस्ता कम्पनीहरूको आफ्नै निजी सेनाहरू थिए।

अमेरिकी क्रान्तिः अमेरिकी क्रान्तिकारी युद्धको दौरान अमेरिकी उपनिवेशवादी र ब्रिटिश साम्राज्य दुवैले भाडामा सेना प्रयोग गरेका थिए।

आधुनिक युगमा भाडाका सेनाको प्रयोग
उत्तर-औपनिवेशिक संघर्षः २० औं शताब्दीको उत्तरार्धमा निजी सैन्य कम्पनीहरू (पिएमसी) ले प्रमुखता प्राप्त गर्यो। उ निकै बलियो थियो। उसले सरकार र गैर-सरकारी संस्थाहरूको तर्फबाट धेरै युद्धहरूमा भाग लियो।

इराक र अफगानिस्तान युद्धः इराक र अफगानिस्तानको युद्धको समयमा अमेरिका र यसका सहयोगीहरू ब्ल्याकवाटर जस्ता पीएमसीहरूमा धेरै निर्भर थिए। यी पीएमसीहरूले सुरक्षा, लजिस्टिक समर्थन र अन्य सेवाहरू प्रदान गरेका थिए।

समसामयिक कार्यः पिएमसीले विश्वभर द्वन्द्व र द्वन्द्वपछिको वातावरणमा भूमिका खेल्ने काम जारी राखेको छ, तथापि, उत्तरदायित्व, पारदर्शिता र सम्भावित मानवअधिकार उल्लङ्घनका सन्दर्भमा स्थिति चिन्ताजनक छ।

छिमेकी देश भारतमा निजी सेनाको इतिहास
डा सुवरोकमल दत्तका अनुसार विजयनगर साम्राज्यमा सेनाको एउटा अंश थियो जसमा मध्य एसियाका उज्बेकिस्तान, काजाकिस्तान वा अफगानिस्तान र इरान जस्ता देशहरूबाट आएका लडाकुहरू थिए।

उनीहरूलाई उचित शुल्क दिइयो, उनीहरू सेनामा अनुबंध भएर काम गरे र विजयनगर साम्राज्यले तिनीहरूलाई अहमदनगरका सुल्तानहरू साथै गोलकोंडा र हैदराबादका निजामहरू विरुद्ध राम्रोसँग प्रयोग गरेको थियो। दत्त भन्छन्, ‘मध्य एसियाका जनता मिलेर बनेको निजी सेनाले पनि चोल साम्राज्यको विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको छ। दिल्ली सल्तनत र मुगल साम्राज्यमा पनि निजी सेनाको प्रयोग सामान्य थियो।’

औपनिवेशिक साम्राज्यको कुरा गर्दा, नयाँ ठाउँ र नयाँ देश कब्जा गरिरहँदा निजी सेनाको राम्रो प्रयोग त्यो समयमा पनि थियो। कब्जा गरिएका देशहरूका धेरै मानिसहरूलाई बलद्वारा निजी सेनाको रूपमा प्रयोग गरिन्थ्यो र युद्धको मैदानमा क्रूर रूपमा प्रयोग गरियो।’

के तिनीहरूको प्रयोग अवैध छ, के तिनीहरू विनियमित छन् ? डा सुवरोक्मल दत्त उनीहरुको अनुगमन गर्न आवश्यक रहेको बताउँछन्, त्यसका लागि अन्तर्राष्ट्रिय महाधिवेशन चाहिन्छ, कानुन चाहिन्छ।

उनी भन्छन्, ‘२१औँ शताब्दीमा अमेरिका, युरोप र रुसले जसरी निजी सेना प्रयोग गरी अन्य देशहरूमाथि कब्जा जमाउन, देशका सरकारहरूलाई अस्थिर बनाउन र आफ्ना नीतिहरू लागू गर्न प्रयोग गरेका छन्, त्यसले अन्तर्राष्ट्रिय कानुन, भियना महासन्धिको उल्लङ्घन गरेको छ।’

‘अमेरिका एक जीवित उदाहरण हो। उसले इराकमा निजी सेनाको प्रयोग गर्ने तरिका सबै अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन थियो। जसको परिणाम मानव अधिकारको घोर उल्लङ्घन भएको छ। निजी सेनाको प्रयोग रोक्न संयुक्त राष्ट्र संघको निगरानीमा अन्तर्राष्ट्रिय सम्झौता हुनुपर्छ भन्ने मलाई लाग्छ, अब यो बन्द गर्नुपर्ने बेला आएको छ।’

प्रोफेसर सीन म्याकफिट तर्क गर्छन्, ‘निजी सेना र भाडामा रहेका सेनाहरूलाई रोक्न वा नियमन गर्न कानून बनाउनमा दुई बाधाहरू छन्। एउटा यो हो कि संयुक्त राष्ट्र सुरक्षा परिषदका पाँच स्थायी सदस्यहरू सबैभन्दा ठूलो संख्यामा निजी सेनाहरू भएका देशहरू हुन्।’ उदाहरणका लागि, अमेरिकाले तिनीहरूलाई सबैभन्दा बढी प्रयोग गर्दछ।’

उनका अनुसार दोस्रो बाधा हो, ‘तपाईंले राम्रो अन्तर्राष्ट्रिय कानून बनायो भने पनि, उदाहरणका लागि, बेलारुस भित्र भाडामा लिनेहरूलाई कसले गिरफ्तार गर्ने ? लिबिया, यमन, इराकमा गएर उनीहरूलाई कसले गिरफ्तार गर्ने ? राष्ट्रसंघले त्यसो गर्न सक्दैन। त्यहाँ केहि व्यक्तिहरू छन् जसले अन्तर्राष्ट्रिय कानूनको माग गरिरहेका छन् तर यो केवल एक काल्पनिक हो।’

सीन म्याकफ्याटजस्ता विज्ञहरू र निजी सेनामा काम गरेका व्यक्तिहरूका अनुसार यो उद्योग बढ्दै गइरहेको छ, यसलाई कसैले रोक्न सक्दैन। उनका अनुसार उनलाई ठूला शक्तिले प्रयोग गरिरहेका छन् जुन चिन्ताको विषय हो।

(बीबीसी हिन्दीमा प्रकाशित यो सामग्री विनय ज्योति सापकोटाले भावानुवाद गरेका हुन्।)

प्रकाशित: २०८० असार १७ गते आईतबार ०८:२४
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना