काठमाडौं– प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ। संसद् सचिवालयले आज बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
सचिवालयका अनुसार आजको बैठकमा आर्थिक विधेयक, २०८० बारे छलफल हुने र त्यसमा प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
आजै राष्ट्र ऋण उठाउने विधेयक, २०८० को दफावार छलफल गरिनेछ भने यसमा प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ। अर्थमन्त्री महतले उक्त विधेयक पारितका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूचीमा भनिएको छ।


