काठमाडौँ– विद्युतीय गाडी बीवाईडीको एट्टो थ्री मोडल फरेस्ट ग्रीन कलरमा नेपाली बजारमा उपलब्ध भएको छ।
बिवाईडीका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यो संस्करणको गाडी १०० युनिट उपलब्ध गराइएको जानकारी दिएको हो।
६६ लाख ८८ हजार रूपैयाँ मूल्य रहेको यो गाडीमा १०० किलोवाट मोटर र ६०.४८ किलोवाट पावर भएको ब्याट्री प्याक रहेको छ।
कम्पनीका अनुसार यसले अधिकतम रेन्ज ४२० किलोमिटरसम्म दिन्छ।


