काठमाडौं– ई–सेवाले लाइफ इन्स्योरेन्स्को नवीकरण गर्दा ५० हजार जित्न सकिने अफर सार्वजनिक गरेको छ। प्रयोगकर्तालाई अनलाइनमार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले ई–सेवाले अफर सार्वजनिक गरेको हो।
अफरमा बैंक लिंक एकाउन्टमार्फत भुक्तानी गर्दा हरेक दिन एक जनाले १ हजार क्यासब्याक प्राप्त गर्न सक्नेछन्। योजना अन्त्यमा भाग्यशाली एक विजेताले ५० हजार जित्न सक्ने कम्पनीले बताएको छ। दैनिक क्यासब्याक विजेता घोषणा हरेक साता अन्त्यमा ई–सेवाको फेसबुक पेज तथा ब्लगमार्फत गरिनेछ भने बम्पर उपहार विजेता घोषणा ई–सेवाको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।
योजनामा सहभागी हुन ईसेवा प्रयोगकर्ता केवाइसी भेरिफाइड भएको हुनुपर्ने कम्पनीले जनाएको छ। योजनामा कुनै पनि जीवन बिमा कम्पनीको ई–सेवामार्फत नवीकरण गर्न सकिनेछ।


