काठमाडौं– प्रभु क्यापिटलले ललितपुरमा मेडिकल चिकित्सकको एकदिने सेयर बजारमा लगानीसम्बन्धी तालिम दिएको छ।
चिकित्सकले पनि सेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकून् भन्ने मुख्य उद्देश्यका साथ डक्टर्स मिट एक्स्प्लोरिङ फाइनान्सियल मार्केट कार्यक्रम आयोजना गरिएको हो।
तालिममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले थिए थिए भने ३० बढी चिकित्सक सहभागी थिए। सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले सेयर बजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रम गर्दै आएको छ।
