काठमाडौँ– गृह मन्त्रालयले काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्नेतलाई पठाएको छ।
यसअघि मन्त्रालयको शान्ति, सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका बस्नेतलाई काठमाडौंको प्रशासनमा पठाइएको हो। उनले यसअघि नै गोरखा, चितवन, पर्सामा सीडीओ भएर काम गरिसकेका छन् ।
हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई पठाएको हो।


