काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक बोलाएका छन्। देउवाले असार २७ गते सुरू हुने गरी केन्द्रीय समिति बैठक आह्वान गरेका हुन्।
केन्द्रीय समितिको बैठक बोलाउनुअघि देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गरेका थिए। कांग्रेसले गत वर्ष साउनमा केन्द्रीय समिति बैठक राखेको थियो। प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठक झन्डै १२ महिनापछि बस्न लागेको हो।
कांग्रेसले क्रियाशील सदस्यताका विषयमा बिहीबार जिल्ला सभापतिहरूसँग छलफल गर्दैछ। कांग्रेसले क्रियाशील सदस्यता वितरणका लागि जिल्लामा फारमसमेत पठाइसकेको छ।


