काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिले राष्ट्रघात गरेको भन्दै एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रदर्शन गरेको छ। अनेरास्ववियु उपत्यका विशेष बागमती प्रदेश कमिटीले प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेको हो।
प्रधानमन्त्री दाहालले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले धेरै पटक भारतको राजधानी नयाँदिल्ली धाएको अभिव्यक्ति दिएका थिए। यसरी नेपालमा प्रधानमन्त्री बनाउन भारत धाउने अभिव्यक्तिले राष्ट्रघात गरेको एमालेको ठहर छ।
प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेले सदनमा अवरोध खडा गरेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेले सडक र सदनबाट एकसाथ प्रतिरोध गरिरहेको हो। उक्त विवादित अभिव्यक्तिका विषयमा प्रधानमन्त्रीले सदनमा सम्बोधन गरेर प्रष्ट पार्नुपर्ने एमालेको माग छ।







