काठमाडौँ–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तापक्षले हिलो छ्याप्ने काम गरेको बताएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकको सुरुवातमै समय लिएर बोलेका सांसद् गोकुल बाँस्कोटाले सत्तापक्षले एमालेका कारण संसद् अवरोध गरेको भनेर हिलो छ्यापेको बताएका हुन्।
‘सदन सत्तापक्षकै कारण अवरुद्ध हुँदै आएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिमाथि उठेका प्रश्नको जवाफ संसदमा दिने काम गर्नु भएन। दोष एमालेमाथि लगाएर सत्तापक्षले एमालेमाथि हिलो छ्याप्ने काम गर्यो,’ उनले भने, ‘मिटरब्याजका सम्बन्धमा भ्रम छर्न खोजियो। ५७ दिनपछि अध्यादेश सरकारले ल्यायो। त्यसअघि सरकारले के हेरेर बसेको थियो।’
गोकुल बाँस्कोटाको सम्बोधन


