काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ पल्सर एनएस २०० र एनएस १६० सार्वजनिक गरेको छ। यी दुवै अत्याधुनिक मोडलले नेपाली राइडरको बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने कम्पनीले विश्वास लिएको छ।
गोल्छा ग्र्रुपका निर्देशक अभिमन्यु गोल्छाले दुई नयाँ बाइक पल्सर एनएस २०० र पल्सर एनएस १६० बाइक नेपाली ग्राहकको रोजाइमा पर्ने विश्वास व्यक्त गरे। नयाँ पल्सर एनएस २०० यूएसडीमा १९९.५ सीसीको लिक्विड कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजीसहितको अत्याधुनिक इन्जिन रहेको छ।
यस्तै, पल्सर एनएस १६० मा १६०.३ सीसीको आयल कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजीसहितको बीएसभीआई इन्जिन रहेको छ। दुवैमा ३३ एमएम अपसाइड डाउन फ्रन्ट सस्पेन्सन र क्यानिस्टरसहितको रियर निट्रोक्स मोनोसक सस्पेन्सनको संयोज रहेको छ। पल्सर एनएस २०० र एनएस १६० को नेपाली बजारमा क्रमशः ४२४,९०० र ३८४,९०० रुपैयाँ पर्छ।


