२०८३ कार्तिक १३ गते बिहिबार

किन वर्षेनी घटिरहेको छ धान रोप्ने क्षेत्र ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २२
dhan (9)

गण्डकी – गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दो छ। आव २०७७/७८ एक लाख १२ हजार दुई सय २७ हेक्टरमा वर्षे धान लगाइएकामा गत आवमा धान खेती एक लाख चार हजार छ सय ३२ हेक्टरमा सीमित बन्यो ।

यस वर्ष अझ घटेर ९७ हजार आठ सय ५१ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइने अनुमान प्रदेशको कृषि विकास निर्देशनालयको छ। रोपाइँको क्षेत्रफल घटेसँगै धान उत्पादनमा पनि बर्सेनि गिरावट आइरहेको छ।

गत आवको तुलनामा यो वर्ष तीन दसमलव ७४ प्रतिशतले धान कम फलेको थियो। निर्देशनालयको तथ्याङ्क अनुसार चालु आवमा तीन लाख ९१ हजार एक सय २१ मेट्रिक टन धान उत्पादन भएको हो। गत आवमा चार लाख छ हजार तीन सय ३६ मेट्रिक टन धान उत्पादन भएको थियो।

यसले रोपाइँ हुने क्षेत्रफलसँगै उत्पादन पनि घट्दै गएको देखाउँछ। वर्षे मात्र नभएर चेतै धान खेतीको क्षेत्रफल खुम्चिएको छ। प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धान खेतीको क्षेत्रफल घटेको हो। आव २०७७/०७८ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धान खेती गरिएकामा अघिल्लो वर्षको हिउँदमा भने किसानले जम्मा पाँच हजार आठ सय ७० हेक्टरमा चैते धान लगाएका थिए।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलामा बोरिङबाट निकालिएको पानीले रोपाइँ गर्दै स्थानीय किसान। तस्बिरः गोकुल जोशी/रासस

उत्पादन पनि ३२ हजार सात सय ७३ मेट्रिक टनबाट घटेर २७ हजार चार सय ३७ मेट्रिक टनमा पुगेको थियो। वर्षदिनको अन्तरमा १६ दशमलव २८ प्रतिशतले चैते धानको उत्पादन घटेको हो। यो वर्षको चैते धान भने किसानले भित्र्याउन बाँकी छ।

निर्देशनालयका कृषि प्रसार अधिकृत दीपा तिमिल्सिनाले वर्षे र चैते दुवै धानको उत्पादन र क्षेत्रफल बर्सेनि घट्दै गएको जानकारी दिइन्। खेतीयोग्य जग्गामा ‘प्लटिङ’, तीब्र बजारीकरण, ठूल्ठूला भौतिक निर्माण आदिका कारण खेतीयोग्य जग्गा खुम्चदैँ गएको छ। पछिल्लो समय जग्गा बाँझिने क्रम पनि बढ्दो छ। धान कम फल्नुमा क्षेत्रफल घट्नु मुख्य कारण भए पनि अन्य कुराले पनि उत्पादनमा प्रभाव पार्ने गरेको कृषि प्रसार अधिकृत तिमिल्सिनाले बताइन्।

‘मल, उन्नत बीउबिजनको अभाव, प्रतिकुल मौसम जस्ता कारणले पनि उत्पादन घट्छ, मुख्य कारण रोपाइँ हुने क्षेत्रफल घट्दै जानु हो,’ उनले भनिन् । बेलैमा मल, बीउ नपाउँदा पनि धान खेतीमा असर पर्ने गरेको किसान बताउँछन्। धानमा फूल खेल्ने समयमा बर्सात हुँदा पनि उत्पादनमा क्षति पुग्ने गरेको छ। रोककिरा नियन्त्रण, उन्नत बीउ, मल व्यवस्थापनमा किसानले सधैँ चुनौती व्यहोर्दै आएका छन्।

घडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिँदै गएको छ। धानका पकेट क्षेत्रमा भौतिक विकास र बजारीकरण तीव्र छ। खेती गर्ने जमिनमा धमाधम घर ठड्याउने प्रवृत्तिले देशलाई खाद्यान्नमा झनझन परिनिर्भर बनाउँदै लाने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए।

कालीकोट जिल्लाको शुभकालिका गाउँपालिकाका हाउडी गाउँमा रोपाई गर्दै किसानहरु। तस्बिर : मिमबहादुर रावल /रासस

उनले चैते धानप्रति किसानको आकर्षण घट्दै गएको उल्लेख गरे। ‘चैते धान भित्र्याउने बेला बर्सातको याम पर्ने भएकाले पनि किसानलाई मर्का पर्ने गरेको छ, पानीमा भिजेको धान बेच्न समस्या हुन्छ, पराल पनि बिग्रन्छ,’ प्रमुख भट्टराईले भने, ‘किसानले पछिल्लो समय चैते धानको सट्टा तरकारीलगायत नगदे बाली लगाउन थालेका छन्।’

चैते धानमा ‘सिएच’ ४५, चैते २, चैते ६ लगायतका जातको खेती हुँदै आएको छ। बाह्रैमास सिँचाइ सुविधा भएको ठाउँमा मात्र किसानले चैते धान लगाउने गरेका छन्। तराईदेखि उच्च पहाडसम्म चैते धान फल्छ। किसानले चैतमा रोपेपछि असारमा धान भित्राउँछन्।

प्रमुख भट्टराईले धान खेती जोगाउन खेतीयोग्य जमिनमा मनपरी रुपमा भइरहेको ‘प्लटिङ’ रोक्नुपर्ने बताए। उन्नत बीउबिजन, खेतीको सीप र प्रविधिमा राज्यले किसानलाई सघाउनुपर्ने उनको भनाइ थियो।

कृषि प्रसार अधिकृत तिमिल्सिनाका अनुसार गण्डकी प्रदेशका किसानले सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनसुली, सुनौलो सुगन्धलगायत जातका धानको खेती गर्दै आएका छन्। हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बाराहीटोलस्थित भुङभुङेमा रोपाइँका लागि गोरुको सहायताले खेत हिल्याउँदै किसान। असार लागेसँगै जिल्लाका विभिन्न ठाउँमा रोपाइँ सुरु भएको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस

यही असार १५ गतेसम्ममा गण्डकी प्रदेशमा १८ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको निर्देशनालयले जनाएको छ। सबैभन्दा बढी कास्कीमा ३० प्रतिशत र सबैभन्दा कम नवलपुरमा १० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ। सो अवधिमा १७ हजार एक सय ७४ हेक्टरमा रोपाइँ गरिएको कृषि प्रसार अधिकृत तिमिल्सिनाले जानकारी दिए । मनसुन सक्रिय भएसँगै यतिबेला किसान रोपाइँको चटारोमा छन्। बाह्रैमास सिँचाइ सुविधा भएका, खोला आसपासका र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो सुरु हुन्छ।

गोरखाको छेवेटार, पालुङटार, लमजुङको धमिलीकुवा, हर्राबोट, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कास्कीको मकैखोला, हाडीखोला, पामे, लेखनाथ, पर्वतको फलेवास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायत धानका प्रमुख पकेट क्षेत्र हुन्।

प्रकाशित: २०८० असार २२ गते शुक्रबार ११:०३
प्रतिक्रिया

थप समाचार

देशमा १५ प्रतिशत रोपाइँ, सुदूरपश्चिम सबैभन्दा अघि

काठमाडौँ- यसवर्ष हाल सम्म देशभर करीब साढे १५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जारी गरेको तथ्यांक अनुसार हाल सम्म देशभर १५.६ प्रतिशत रोपाइँ...

झापाले भित्र्यायो चैते धान रोप्ने नयाँ प्रविधि

झापा- जिल्लाका ८ वटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ बिघा जमिनमा यसवर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ। परम्परागत खेतीभन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो...

सुनसरीमा घट्यो गहुँखेली, बढ्यो मकैखेती

इनरूवा (सुनसरी)- सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–६ का नगेन्द्रकुमार साह पहिले एक बिघा १० कट्ठामा गहुँखेती गर्थे। उनले रू एक लाखदेखि एक लाख ५० हजारको लागतमा एक बिघा १० कट्ठामा गहुँखेती गर्दै...

धान गोड्न धमाधम [फोटो फिचर]

काठमाडौँ- काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा लगाइएको धानबालीले अहिले खेत ढाकेको भएको छ। किसानहरुलाई यतिबेला धान गोड्ने चटारो छ। ललितपुरको खोकनाका जेठको अन्त्य र असारको पहिलो सातातिर रोपिएको...

अझै नियन्त्रणमा आएन ‘लम्पी स्किन’

चितवन- पशुचौपायमा देखिएको लम्पिस्किन रोग अझै नियन्त्रणमा आउन सकेको छैन। सङ्क्रमणदर केही कम भए पनि नियन्त्रणमा आउन नसकेको हो। पछिल्लो समय चितवनका सात पालिकामा नौ हजार पाँच सय ४१ पशु चौपाय प्रभावित...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना