काठमाडौं– ग्लोबल आइएमई बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा’ योजना सञ्चालनमा ल्याएको छ। बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि ५० हजारदेखि १ लाख ५० हजारसम्मको कर्जा विनाधितो प्रदान गर्नेछ। यो कर्जा १२.८० प्रतिशतको स्थिर ब्याजदरमा पाइनेछ।
२१ वर्ष वा सोभन्दा बढी उमेरका सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा जान लागेका तथा बैंकमा कुनै पनि प्रकारको बचत खाता भएका नेपाली नागरिकले यस योजनाअन्तर्गत आइएमई पे वालेटबाट आवेदन दिई कर्जा प्राप्त गर्न सक्नेछन्।
बैंकले नेपाल, भारत र भुटानबाहेक मलेसिया, साउदी अरब, कतार, ओमान, युएई, जापान, कोरिया र अन्य प्रचलित गन्तव्यमा वैदेशिक रोजगारीका लागि जानेलाई प्राथमिकताका आधारमा कर्जा उपलब्ध गराउनेछ।


