२०८३ कार्तिक ११ गते मङ्गलबार

पाकिस्तान : बाढीपहिरो र डुबानबाट ६७ जनाको मृत्यु, १२५ घाइते

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २३
pakistan
पहिरोले बाटो बन्द भएपछि काराकोरा राजमार्ग हुँदै यात्रारतहरू टाटापानी क्षेत्रमा पैदल हिँडेर पहिरो पार गर्दै।

काबुल– पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार पाकिस्तानमा प्रि–मनसुन सुरु भएयता वर्षाका कारण भएका छुट्टाछुट्टै दुर्घटनामा परी ६७ जनाको मृत्यु हुनुका साथै १२५ जना घाइते भएका छन्।

देशको पूर्वी पञ्जाब प्रान्तमा वर्षाका कारण सबैभन्दा बढी ४३ जनाको मृत्यु हुनुका साथै ८२ जना घाइते भएको र प्रान्तीय राजधानी लाहोरसहित प्रान्तमा आएको भारी वर्षाका कारण ३१ घर पनि भत्किएको एनडीएमएले जनाएको छ।

लाहोरका कार्यवाहक मुख्यमन्त्री मोहसिन नकवीले ‘अहिलेसम्मकै उच्च’ मानिएको लाहोरको वर्षाका कारण सहरको नगर क्षेत्रमा बाढी आएको र धेरै क्षेत्र जलमग्न भएका थिए र घण्टौंसम्म सडक यातायात अवरुद्ध भएको थियो।

पानी तथा सरसफाई निकायले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जुलाई ४ मा शहरका केही भागमा २९१ मिलिमिटरसम्म वर्षा भएको थियो।

वर्षा र डुबानका कारण नगर क्षेत्रमा केही घर भत्किएका थिए। लाहोरका आयुक्त मोहम्मद अली रन्धावाले विगत ३० वर्षदेखि सहरमा यति ठूलो वर्षा नभएको बताए।

देशको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा वर्षासँग सम्बन्धित छुट्टाछुट्टै दुर्घटनामा परी १८ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन्।

दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा पाँच जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् भने पाकिस्तान प्रशासित काश्मिरमा एक जनाको मृत्यु भएको छ।

पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार खैबर पख्तुनख्वाका केही क्षेत्रका पहाडी धारमा अझै आकस्मिक बर्षा हुने र बाढी आउने अनुमान गरिएको छ भने जुलाई ९ मा देशका दुई नदीमा अत्यधिक धेरै बाढी आउने अनुमान गरिएको छ।

प्रकाशित: २०८० असार २३ गते शनिवार ०७:१८
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना