२०८३ कार्तिक १३ गते बिहिबार

अवरुद्ध संसद् खुलाउन सभामुख सक्रिय, के होला आजको प्रतिनिधिसभा बैठक?

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, असार २४
sabhamukh

काठमाडौं– गत बुधबारदेखि प्रमुख प्रतिपक्षी एमालेलगायत दलले अवरोध गर्दै आएको संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। प्रचण्डले गत सोमबार सरदार प्रितम सिंहको पुस्तक रोड्स टु द भ्याली विमोचन कार्यक्रममा नेपालमा प्रधानमन्त्री बन्न दिल्ली दौडिनुपर्ने विवादास्पद अभिव्यक्ति दिएपछि प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको राजीनामालाई एकसूत्रीय माग बनाएर संसद् अवरुद्ध गर्दै आएको छ।

संसद् अवरोधकै कारण मिटरब्याज विधेयक पारित हुन नसक्दा २४ हजार पीडितको निवेदन बेवारिसे बनेको छ। आज दिउँसो १ बजे बस्ने बैठकमा मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पेस गर्ने कार्यसूची छ।राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ।

प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने कार्यसूची छ। सांसद ज्ञानबहादुर शाही, रास्वपा सांसदद्वय सोविता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।

संसद् अवरोध नभए कानुनमन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

तर, एमाले नेता गोकर्ण विष्ट आजको संसद् बैठक पनि अवरुद्ध गरिने बताउँछन्। प्रधानमन्त्री प्रचण्डले संसद् बैठकमा माफी माग्नुपर्ने र राजीनामा दिए मात्रै बैठक चल्न दिइने उनको भनाइ छ।

संसद् अवरोध हटाउन सभामुख घिमिरेको आग्रह

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद अवरोधलाई छलफलको माध्यमबाट समाधान गरेर मात्र सदन अघि बढ्ने बताए छन्। संसद्मा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेर मात्र संसदलाई गति दिन उचित हुने उनको धारणा छ।

सभामुख कसैको पक्ष वा विपक्षमा नरहने हुँदा संसद्मा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न मध्यस्थताको भूमिका वहन गरिरहेको सभामुख घिमिरले दाबी गरे। प्रधानमन्त्रीलाई सम्पर्क गरी प्रतिपक्ष दलसँग वार्तामा बसेर समस्या समाधान गरी संसद् चलाउन आग्रह गरेको उनको भनाइ छ। प्रमुख प्रतिपक्षी एमाले नेतालाई सीधै प्रधानमन्त्रीको राजीनामा माग्नुभन्दा वार्तामार्फत समस्या समाधानका लागि अग्रसर हुन सुझाएको सभामुखले बताए।

‘सभामुखको भूमिका संसदमा तटस्थ हुनुपर्छ। यसबारे म सचेत छु। संसद् झगडा गर्ने थलो बन्नुहुन्न’, सभामुख घिमिरेले भने। निरन्तर संसद् अवरोध हुँदा राजनीतिक दल र नेताहरुले नै जनतालाई जवाफ दिनुपर्ने हुँदा समस्या समाधानका लागि नियमित आग्रह गरिरहेको सभामुख घिमिरे बताउँछन्।

बिहीबार पनि सभामुख घिमिरेले प्रमुख दलका मुख्य सचेतक र सचेतकलाई सिंहदरबार कार्यालयमा डाकेर संसद् गतिरोध हटाउने उपायबारे विमर्श गरेका थिए। बैठकमा सत्तापक्षबाट सहभागीले प्रतिपक्षलाई गाली गरेका थिए भने प्रतिपक्षले सत्तापक्षलाई सरापेका कारण कुनै पनि सहमति जुट्न सकेको थिएन। सोही कारण संसद् बैठक आजका लागि सरेको थियो।

प्रकाशित: २०८० असार २४ गते आईतबार ०७:५६
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना