काठमाडौं– संसद्को गतिरोध हटाउन प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताबीच छलफल भएको हो। छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागि छन्।
‘शीर्ष नेताबीचको छलफल सदनको अवरोध खुलाउने विषयमा केन्द्रित छ,’ स्रोतले भन्यो।
प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि एमालेले निरन्तर संसद् बैठक अवरोध गर्दै आएको छ। उसले प्रधानमन्त्रीको राजिनामा समेत मागेको छ।


