काठमाडौं– सदनको गतिरोध हटाउन भएको प्रमुख तीन दलका शिर्ष नेताबीचको छलफल सकिएको छ। छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमाले संसद्मा प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न तयार भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक पुस्तक विमोचन कार्यक्रममा सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक भारत गएको भनेर दिएको अभिव्यक्ति विवादस्पद् बनेको छ। प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई दिएर एमालेले सदन अवरुद्ध पार्दै आएको छ। उसले प्रधानमन्त्रीको राजिनामा समेत माग्दै आएको छ।
सहमतिको प्रयासमा प्रधानमन्त्री प्रचण्डले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । स्रोतका अनुसार त्यो छलफलमा एमाले प्रधानमन्त्रीको जवाफ सुन्न तयार भएको छ ।


