२०८३ कार्तिक १३ गते बिहिबार

गाउँघरमा हराउँदै अर्मपर्म

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २४
arma parma melapat

गलेश्वर – एक दशकअघिसम्म ग्रामीण क्षेत्रमा धान, कोदो रोप्दा अर्मपर्म लगाउने परम्परा हिजोआज हराउँदै जान थालेको छ। पर्म लगाउने परम्पराका साथै पर्मका बेला गाइँने पर्मेली गीत पनि लोप हुँदै गएका छन्।

धान, कोदो रोप्दा र गोडमेल गर्दा गाइँने पर्मेली गीतले कुनैबेला म्याग्दीको ग्रामीण क्षेत्र घन्किथ्यो। गीत गाउँदै असारे झरीमा अर्मपर्म गर्दै काम गर्नुको मज्जै बेग्लै थियो। जिल्लाको मगर बाहुल्यता भएको माथिल्ला बस्तीमा काम गर्दा माइती र घर पक्षका आफन्तलाई बोलाई आलोपालो गरेर काम गर्ने, सम्बन्ध जोड्ने दुई सय वर्ष पुरानो परम्परा हराउँदै गएपछि ग्रामीण संस्कृति पनि नासिँदै गएकामा पाका पुस्ताले चिन्ता व्यक्त गर्न थालेका छन्।

‘पर्म पराम्पराको इतिहास दुई सय वर्ष पुरानो छ’, बेनी नगरपालिका–२ बगरफाँटका ८७ वर्षीय वेदप्रसाद उपाध्यायले भने, ‘विसं १८७० ताका म्याग्दीका गाउँगाउँमा रहेका मुखियाले आफ्नोआफ्नो खेतमा काम गर्नका लागि गाउँलेलाई उर्दी लगाउँथे। सबै गाउँले मिलेर उनीहरुकामा निःशुल्क काम गरिदिनुपर्दथ्यो। त्यसकै सिको गर्दै गाउँलेहरुले पनि एक अर्काकामा गएर पालैपालो काम गर्न थाले, त्यसैलाई नै ‘पर्म लाउनी’ भन्न थालियो।’

अर्थ र श्रमसँग प्रत्यक्ष सम्बन्ध रहेको पर्म प्रथा सामाजिक सम्बन्धको मापन भएको मालिका गाउँपालिका–६ का ७३ वर्षीय डिलबहादुर पुनले बताए। उनको अनुसार परम्पराकैरूपमा रहेका कारण पर्म प्रथा ग्रामीण संस्कृतिको एक अङ्ग बनेको थियो। ‘पर्म प्रथालाई सन्दर्भ बनाएर आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा प्राज्ञिक अध्ययन भएको पाइँदैन,’ उनले भने।

पर्म प्रथालाई सामाजिक अध्ययनको विषय बनाउनु नितान्त आवश्यक रहेको समाजशास्त्रका अध्यापक नवीन घिमिरेले बताउनुभयो। “कसैको खेतमा रोपाइँ गर्नुपर्‍यो वा फसल काट्नुप¥यो भने थोरै श्रमले पुग्दैन। यस अवस्थामा एकले अर्काको खेतमा काम गर्न जाने हो। काममा सघाउन आउनेहरू एकभन्दा बढी हुन्छन् र छिटै काम सम्पन्न हुन्छ । सहयोगको बदलामा सहयोग नै गर्न जाने प्रथा नै पर्मका रूपमा बुझिन्छ,’ उनले भने।

समय परिवर्तनसँगै ग्रामीण बस्तीबाट बसाइँसराइ गरेर सहर पस्ने क्रम बढ्दै गएपछि गाउँमा खेती लगाउने र अर्मपर्म गर्ने परम्परा घट्दै गएको घिमिरेको भनाइ थियो। युवा शिक्षा तथा रोजगारीका लागि विदेशमा जाने र परिवार सहरतिर झर्ने चलन जिल्लामा व्यापक बढे्काले खेती गर्नेको कमी हुँदा पर्म प्रथा पनि लोप हुँदै गएको उनले बताए।

कोदो उत्पादनका लागि प्रसिद्ध मानिएको जिल्लाको मालिका गाउँपालिका–२ रुममा एक दशकअघिसम्म कोदो रोप्दाको रमाइलो बेग्लै हुन्थ्यो। ‘कोदो रोप्नका लागि जुटेका माइती र चेलीको हुलले असारको तेस्रो सातादेखि साउनको दोस्रो सातासम्म बारी ढाकेको हुन्थ्यो,’ स्थानीय तिला विकले भने। बाँसुरी, मादल, बच्छे बाजालगायतका बाजा बजाएर मेलामा पर्मेली गीत गाउँदा कुनै ठूलै चाडको झल्को आउने उनले बताए।

विकका अनुसार रुमको केही जग्गामा कोदो रोपाइँ हुने गरे पनि आजभोलि पर्मेली हुल देखिन छाडेका छन्। ‘पहिला बाजागाजासहित पर्मेली गीत गाउँदै तामझाम गर्दै कोदो रोपाइँ गर्ने चलन थियो,’ उनले भने, ‘यहाँ अहिले कोदो रोपाइँ सुरू भए पनि पहिलाजस्तो पर्मेली हुल छैनन्।’ माइती र चेली जुटेर एकअर्कामा पर्म लगाउँदै पर्मेली गीत गाउने रुमको मौलिक विशेषता रहेको उनकोे भनाइ थियो।

चेलीले कोसेली दिएपछि माइती पर्म लगाउन तयार हुने र माइतीकोसमेत रोपाइँ सकेपछि अन्त्यमा भोज खाएर कोदो रोपाइँ समापन गर्ने चलन यहाँको पुरानो परम्पराका रूपमा मानिन्छ। अहिले बजारमा निस्किएका थरिथरिका आधुनिक गीत/सङ्गीतले नयाँ पुस्तालाई ध्यान खिच्न थालेपछि त्यसको असर पर्मेली गीतमा परेको छ। पर्मेली गीत गाएर कोदो रोप्ने चलनलाई विस्थापित गर्दै अहिले मोबाइलमा गीत बजाएर कोदो रोप्न थालिएको स्थानीय बताउँछन्।

ग्रामीण क्षेत्रका स्थानीय रोजीरोेटीका लागि बाह्य क्षेत्रमा जानेक्रम बढेसँगै पर्म लगाउने परम्परा प्रभावित भएको यहाँका स्थानीयको भनाइ छ। जिल्लाका रुम, ओखरबोट, हिस्तान, नारच्याङलगायत गाउँमा युवा परिवारसहित सहर तथा सुविधासम्पन्न क्षेत्रमा बसोबास गर्ने क्रम बढ्दो छ। पहिला मुख्य चहलपहल हुने यी ठाउँका घर अहिले रित्तिएका छन्।

रित्तिएका घर रूग्न र जग्गा कमाउनका लागि आसपासका क्षेत्रबाट गाउँमा आउनेले पर्मेली परम्परालाई चासो नदिने रसमाया सिउथानीले बताउनुभयो। गाउँमा अहिले पहिलाको तुलनामा पर्मेली परम्परा हराउन थालिसकेको उनकोे भनाइ थियो। ‘गाउँभरिका माइती चेली जुटेर एकैदिन मेलो सल्टाउँदा खुब रमाइलो हुन्थ्यो,’ उनले भने, ‘अहिले कतैकतै मात्रै अर्मपर्म चलिरहेको छ। अब त यो परम्परा नै मासिने पो हो कि भन्ने चिन्ता छ।’

पर्मेली परम्परा हराउँदै गएपछि जिल्लामा पर्मेली गीत गाउनेको अभाव हुन थालेको सिउथानीले बताउनुभयो। ‘उमेर ढल्केकाले मात्रै पर्मेली गीत भाका हालेर गाउन सक्छन्। उनीहरू मेलापातमा पुगेर भाका हाल्न सक्दैनन्। नयाँ पुस्ताले पर्मेली गीत बिर्सिसके,’ उनले भने।

किसानलाई खेतीकिसानीमा आकर्षित गराउन र सबै समुदायलाई एकै भावनामा जोड्नका लागि पर्मेली गीत र पर्म लगाउने परम्पराले सहयोग गरेको मालिका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगरले बताउनुभयो। ‘संस्कृतिकैरूपमा विकास भएका यस्ता परम्परा जोगाउनका लागि हामी लागिपर्नु आवश्यक भएको छ,’ उनले भने।

समाजशास्त्रका अध्यापक घिमिरेका अनुसार पर्म प्रथालाई अधिकांश समाज तथा समुदायले आफ्नो आफ्नो मौलिक परम्पराका रुपमा लिएका छन्। ‘पर्म प्रथा विस्तारै अन्य समुदायले अपनाएका हुन्। पर्म प्रथा समाजमा रहेको निकै पुरानो सरम्परा हो। यसले एकआपसमा सहयोगको भावना विकास गर्दै समाज विकासमा लाग्न प्ररित गर्छ,’ उनले भने।

  • ध्रुवचन्द्र शर्मा/ रासस
प्रकाशित: २०८० असार २४ गते आईतबार ०५:५६
प्रतिक्रिया

थप समाचार

इटहरी सेन्टर प्लाजा आगलागी : हेलिकोप्टरद्वारा ११ जनाको उद्धार

इटहरी (सुनसरी)- इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी...

बालेनको घर पुगेर प्रचण्डले भने- रमाइलो छ, सबै मिलेर देश बनाउनु छ

काठमाडौँ-  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालेनको घरमा पुग्दा रमाइलो अनुभुति भएको बताएका छन्। जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा पूर्वप्रधानमन्त्री समते...

आबुखैरहनीमा बस दुर्घटनाः एकको मृत्यु, १३ जना घाइते

दमौली -  पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेहनी गाउँपालिका–१ सत्र सयमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा...

निर्दोष बालबालिका पनि कारागारमा

गलकोट (बागलुङ)- जिल्ला कारागारमा निर्दोष बालबालिकालाई पनि जेलमा राख्ने गरिएको छ। बागलुङको महिला कैदीबन्दीका दुई बालबालिका कारगारमा बस्न बाध्य भएका हुन्। चार वर्षीय बालक कारागारमा बसेको १०...

मिटरब्याजपीडितलाई सरकारले वार्तामा बोलायो

काठमाडौँ-  आन्दोलनरत अनुचित लेनदेन (मिटरब्याज)पीडितलाई सरकारले छलफलका लागि बोलाएको छ। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई आइतबार पत्र पठाउँदै गृह मन्त्रालयले वार्ताका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना