काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालेनको घरमा पुग्दा रमाइलो अनुभुति भएको बताएका छन्।
जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा पूर्वप्रधानमन्त्री समते रहेका प्रचण्डसहितका नेता बिहीबार महोत्तरीस्थित बालेन साहको पुर्ख्यौली घरमा पुगेका हुन्। हाल पालिका कार्यालय रहेको उक्त घरमा माओवादीले कार्यक्रम राखेको छ।
‘बालेन शाहको पुर्ख्यौली घर। उहाँको बालगायत काकाहरुको घरमा हामी आइपुगेका छौँ। रमाइलो महसुस भएको छ,’ प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘बालेनजीले पनि सुनिराख्नुभएको होला। हामी सबै मिलेर देश बनाउनु छ।’
अध्यक्ष प्रचण्डले अहिले एकथरी मानिसहरु जनताले ठुलो बलिदानी गरेर ल्याएको संघीयता र संविधान उल्ट्याउने कसरत भइरहेको बताए।
उनले जनतालाई अझ धेरै अधिकार र पहिचानका लागि माओवादी लागिरहेको भन्दै पहिचान र अधिकारको मुद्दाका लागि प्रतिवाद गर्नुपर्ने अवस्था आए अपिल गर्ने बताए।


