२०८३ कार्तिक १३ गते बिहिबार

उत्पादनका आधारमा दूधमा अनुदान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २५
kisan aandolan

चितवन – चितवनको कालिका नगरपालिकाले पालिकाभित्रका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ। किसानलाई थप दूध उत्पादनका लागि प्रोत्साहनस्वरुप प्रति लिटर रू एकका दरले अनुदान वितरण गरेको हो।

नगरपालिकाले नगरभित्रका सात दुग्ध सहकारी तथा दुई व्यक्तिगत फार्मलाई उत्पादनका आधारमा रू ३४ लाख ४७ हजार छ सय ९३ बराबरको चेक हस्तान्तरण गरिएको नगरप्रमुख विनोद रेग्मीले बताए। उनका अनुसार अनुदान रकम पाउने दुग्ध उत्पादक सहकारी संस्थाहरुमा पदमपुर, मनकामना, कञ्चन, नवमिलिजुली, उत्थान, सामुदायिक र भटेनी सहकारी संस्था लि रहेका छन्।

यस्तै व्यक्तिगत फार्म सञ्चालन गरेका किसानमा कान्छी मगर र कृष्णप्रसाद घिमिरेले अनुदान रकम प्राप्त गर्नुभएको रेग्मीले बताए। चार वर्षदेखि नगरभित्रका दुग्ध बिक्री गर्ने किसानलाई नगरपालिकाले दूधमा उत्पादनका आधारमा अनुदान दिँदै आएको छ। यसअघि वार्षिक १० हजार लिटर भन्दाबढी दूध बिक्री गर्ने किसानलाई रू २५ हजारका दरले अनुदान दिँदै आएको थियो।

यस वर्षदेखि दूध उत्पादनको आधारमा अनुदान वितरण थालिएको नगर पशु सेवा शाख प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए उनका अनुसार नगरपालिकाले कार्यविधि बनाएर दूधमा अनुदान दिन थालेको हो। दूध उत्पादन गरी सहकारी संस्थामार्फत बिक्री गर्ने किसान/व्यवसायीलाई प्रदेश अनुदानमा थप गरी दुग्ध उत्पादनतर्फ आकर्षण बढाउने नगरपालिकाको मुख्य योजना रहेको छ।

अनुदान वितरण कार्यक्रममा नगरप्रमुख रेग्मीले किसानलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरिएको बताए। राम्रो दूध उत्पादनका लागि किसानले आहाराको रुपमा घाँसलाई प्राथमिकता दिन उनले सुझाव दिए।

‘दाना चोक्कर खुवाएर भन्दा घाँस खुवाएर दूध उत्पादन राम्रो हुन्छ,’ नगर प्रमुख रेग्मीले भने, ‘दूध उत्पादनका आधारमा दिइएको अनुदानका कारण गत वर्षभन्दा यसवर्ष दूध उत्पादनमा वृद्धि भएको छ।’

कार्यक्रममा नगर उपप्रमुख विमला तमाङले किसानको समस्यालाई सम्बोधन गर्न थोरै रकम भए पनि अनुदानस्वरुप दिन पाउँदा खुसी लागेको बताए। उनले आगामी दिनमा अनुदान रकम थप गरेर किसानका विषयमा सम्बोधन गर्न नगरपालिका लाग्ने प्रतिबद्धता जनाएका छन्।

दूधमा अनुदान रोकिएपछि धर्नामा किसान

प्रकाशित: २०८० असार २५ गते सोमबार ०१:५२
प्रतिक्रिया

थप समाचार

परराष्ट्र भन्छ- पाकिस्तानका नेपालीको सुरक्षामा सरकार सचेत छ

काठमाडौँ- सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत रहेको बताएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार...

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई गाउँपालिकाको सम्मान

खोटाङ- खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ। फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहनस्वरुप...

काठमाडौँ-ग्वाङ्झाउ रुटमा फेरि रात्रिकालीन उडान सुरु गर्दै चाइना साउदर्न

काठमाडौं। चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ। एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौं–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन...

इटहरी सेन्टर प्लाजा आगलागी : हेलिकोप्टरद्वारा ११ जनाको उद्धार

इटहरी (सुनसरी)- इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी...

चीनका १०० फोटोग्राफरको टोली नेपालमा

काठमाडौँ- संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ फोटोग्राफरको एक सय सदस्यीय टोली नेपाल आएको छ। चाइना नेपाल फ्रेन्डसिप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना