काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको शव नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यलय लगिएको छ। सीताप्रति श्रद्धाञ्जली अर्पणका लागि पार्टी कार्यलयमा लगिएको हो।
बुधबार बिहान ८:३३ मा उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएकी सीताको शव दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिने माओवादी केन्द्रले जानकारी दिएको छ।
लामो समयदेखि पीएसपीबाट पीडित सीताको देश तथा विदेशका विभिन्न अस्पतालमा उपचार गरिएको थियो। तर उनको रोग ठिक हुन सकेन।
सीताको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिने प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जानकारी दिएको छ।
यसअघि नर्भिक अस्पतालमा पुगेर विभिन्न दलका नेताहरूले शोकसन्तप्त प्रधानमन्त्रीको परिवारप्रति समवेदनमा व्यक्त गरेका थिए।
तस्बिरहरू:













