काठमाडौँ- प्रभु बैंकले पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण गरेको छ।
सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले गाडीको चाबी हस्तन्तरण गरेका हुन्।
गाडीको चाबी हस्तान्तरण गर्दै निर्देशक शेरचनले आगामी दिनमा पनि मन्त्रालय र पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गरेर अगाडि बढ्ने बताए।
१७ लाख मूल्यको गाडी फोहोर उठाउनका लागि प्रयोग गरिने छ।
