काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालकी माता सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। बुधबार सामाजिक सञ्जालमा लेख्दै मेयर साहले श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
‘मेयर रेणु दाहालजीले ममतामयी आमा गुमाउनुको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दछु,’ बालेन्द्रको स्टाटसमा लेखिएको छ, ‘स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु,’ बालेन्द्रको स्टाटसमा लेखिएको छ।’
मेयर रेणुप्रति समवेदना व्यक्त गर्दै बालेन्द्रले रेणुलाई परिवारको अभिभावकत्व ग्रहण गर्नसमेत सुझाएका छन्। उनले रेणुमा सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामनासमेत गरेका छन्। ‘तपाईं (रेणु)ले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु,’ बालेन्द्रले लेखेका छन्।


