काठमाडौं– अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी शाह विरुद्धको मुद्दा हारेका छन्। केसीले साम्राज्ञी विरुद्ध दायर रहेको गाली बेइज्जतीको मुद्दा माथि काठमाडौं जिल्ला अदालतले केसीको दाबी नपुग्ने फैसला गरेको हो ।
भुवनले २०७७ साउन ९ गते साम्राज्ञीविरुद्ध मुद्दा हालेका थिए। बुधबार न्यायाधीश वासुदेव पौडेलको इजलासले भुवनको दाबी नपुग्ने फैसला गरेको हो ।
भुवन र साम्राज्ञी सामाजिक सञ्जाल र मिडियामा लामो भनाभन भएको थियो। त्यपछी भुवन अदालत गएका थिए। साम्राज्ञीले आफूमाथि भुवनले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । भुवनले पनि साम्राज्ञीलाई जवाफ फर्काउँदै ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ प्रतिक्रिया दिएका थिए। विवाद चर्किँदै गएपछि भुवनले १० करोड रुपैयाँ क्षतिपूर्ति माग्दै मानहानीको मुद्दा दायर गरेका थिए।


