२०८३ कार्तिक १३ गते बिहिबार

कबड्डी संघमा थापाको निरन्तरताः लिग गर्ने देखि कभर्डहल निर्माण गर्नेसम्मका योजना

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २७
Kabaddi sangh adhibesan (2)
पत्रकार सम्मेलनमा नयाँ कार्यसमिति। तस्बिरः विशाल पन्थ

काठमाडौं – अखिल नेपाल कबड्डी संघको दोस्रो अधिवेशनबाट तुलसी थापाले अध्यक्षमा निरन्तरता पाएकी छन्। वि सं २०७३ सालमा भएको पहिलो अधिवेशबाट अध्यक्षमा चयन भएकी थापा गत मंगलबार सम्पन्न अधिवेशनबाट दोस्रो पटक पनि अध्यक्षमा चयन भएको संघले जानकारी दिएको छ।

थापाकै अध्यक्षतामा भएको यसअघिको समितिको समयावधि २०७७ सालको चैतमै गुज्रिसकेको भए पनि संघको अधिवेशन भएको थिएन्। ‘राष्ट्रिय खेलकुद विकास ऐन २०७७ बमोजिम हाम्रो विधान नहुनाले अधिवेशन हुन सकेन। त्यसैले हामीले विधान परिवर्तन गर्नका लागि काम गरेका छौं,’ प्रशंगलाई प्रष्ट्याउँदै अध्यक्ष थापाले भनेकी छन्।

संघले समयमै अधिवेशन हुन नसक्नुको कारण कोभिड १९ को महामारी र ऐन संशोधनलाई मानेको विनोद प्रजापतिले प्रस्तुत गरेको प्रतिवेदनमा पनि उल्लेख छ। म्याद गुज्रिएपछि राखेपबाट पटक पटक म्याद थप गरि अहिले अधिवेशन भएको हो।

पछिल्लो समय कबड्डीले नयाँ विधान बनाएर ४२ जिल्लामा जिल्ला संघ र प्रदेशमा पनि संघ स्थापना गरेको जानकारी दिएको छ। साथै नव निर्वाचित संघले आगामी एक वर्षभित्रको कार्यक्रम पनि अघि सारेको छ। यसअघि निकै सुस्त रहेको र काम नगरको भनी आलोचना खेपेको संघले एक महिनाभित्रै कार्यालय व्यवस्थापनमा काम गर्ने योजना अघि ल्याएको थियो।

नयाँ कार्यसमितिको नामावली।

‘आजसम्म के कति काम गर्यौ त्यो जानकारी गराउनु पर्ने छ किनभने हामीले गरेको कामको प्रचार भएको देखिंदैन। साथै के काम गर्ने भन्ने जानकारी सहित खेललाई अगाडि बढाउन के गर्न सकिन्छ भन्ने सबैबाट सुझावको पनि आशा गरेका छौं,’ अध्यक्ष चयन भएपछि थापाले भनिन्।

कबड्डी संघसँग आफ्नै कार्यालय र प्रशिक्षण हल नहुँदा अहिलेसम्म काम गर्न र खेलाडीलाई प्रशिक्षण दिन असहज हुँदै आएको संघका महासचिव अरविन्द कुमार झाले जानकारी दिएका थिए।

थापाले आफ्नै नेतृत्वमा भएको यो समितिले खेलाडीको जनजिवनलाई माथी उठाउनको लागि सहयोग गर्ने प्रतियोगिता अघि सार्ने दाबी गरेकी छन्। उनले भनिन्, ‘खेलाडी निरासमय जीवन विताउनु परिरहेको छ। बाँकी खेलका केही खेलाडीले जिविकोपार्जन गरेका छन्। तर हाम्रोमा त्यो भएन। तर खेलको लागि पूर्वधार कहिँ पनि छैन देशभरीमा दुईओटा कवर्डहल छन्। जुन काठमाडौंमा छैनन्। हामीले १३ औं साग खेलाउँदा नि अफ्ठेरो भो। त्यसैले काठमाडौंमा कवर्डहल बनाउने योजना छ। ठाउँहरूको खोजी गरेर राखेपमा पत्रचार गरेका छौं। नगरपालिकामा पनि पत्रचार गरेका छौं,’ थापाले आफ्नो कामको बयान गरेकी छन्।

संघले तर्जुमा गरेका योजनाहरूको तालिका।

बुधबार पत्रकार सम्मेलन मार्फत् संघले आफ्ना कुराहरु सार्वजनिक गर्दै संघको स्थापना कालदेखि अहिलेसम्म विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान गर्ने योजना बनाएको जानकारी दिएको छ।

त्यस्तै, आगामी वर्षदेखि लिग गर्ने, अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने, एसियाली खेलकुदका लागि वैदेशिक प्रशिक्षक ल्याउने र प्रशिक्षकलाई तालिम दिने योजना बनाएको छ जानकारी संघले नयाँ समितिले जानकारी दिएको हो। संघको आज बुधबार बसेको बैठकले यो निर्णय गरेको हो।

प्रकाशित: २०८० असार २७ गते बुधबार ०८:०६
प्रतिक्रिया

थप समाचार

एथ्लेटिक्समा ४ दशक अविराम, इन्द्रालाई ‘लाइफटाइम’ सम्मान

पोखरा- नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ। प्रतिभा छनोट समितिको...

वेस्ट इन्डिजमाथि ६ विकेटले नेपाल विजयी

काठमाडौँ- नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिज एमाथि ६ विकेटको जित हात पारेको छ। ५ खेलको सिरिजमा तीन खेल जित्दै वेस्ट इण्डिजले उपाधि हात पारेको छ। शनिबार भएको पाचौँ खेलको १७३...

टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ- आसन्न टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव...

इटहरी गोल्डकप स्चर्च ब्वाइज सेमिफाईनलमा

धरान- इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटर फाईनल खेलमा न्युरोड टिम (एनआरटी)लाई २–१ गोलको अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाईनलमा प्रवेश गरेको छ। राष्ट्रिय जागृति क्लबको आयोजनामा...

‘प्रशिक्षकबिना खेलकुदको विकास असम्भव’

गण्डकी- गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री महेन्द्रध्वज जिसीले प्रशिक्षक बिना खेलकुदको विकास असम्भव नहुने बताएका छन्। प्रदेश खेलकुद परिषद् गण्डकीको आठौँं बोर्ड बैठकलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना