काठमाडौं–हिमालयन लाइफ इन्स्योरेन्सले जीवन बिमा मृत्यु दाबीबापत एक करोड रुपैयाँ भुक्तानी गरेको छ। कम्पनीले मृतक बीमित देवबहादुर खत्रीकी पत्नी यमुना चालिसेलाई मृत्यु दाबीबापतको रकम भुक्तानी गरेको हो।
साबिक युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा तीन वर्षअघि एक करोड रुपैयाँको जीवन बिमा गरेका देवबहादुर खत्रीको मृत्युपछि दाबी रकम उपलब्ध गराइएको हो। कम्पनीको नयाँ बानेश्वर शाखा प्रबन्धक विमल पौडेलले मृतककी पत्नी यमुना चालिसेलाई चेक हस्तान्तरण गरे।


