काठमाडौं– कुमारी बैंक र वर्ल्डलिंक कम्युनिकेसन्सबीच ग्राहकलाई विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ। सम्झौतापछि वर्ल्डलिंकको वार्षिक सदस्यता रोज्ने बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन्।
त्रैमासिक सदस्यता छनोट गर्ने ग्राहकले ५ प्रतिशत मात्र छुट पाउनेछ। छुट प्राप्त गर्न ग्राहकले आफ्नो कुमारी स्मार्ट मोबाइल बैंकिङ एप वा बैंकको डेबिट–क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्ने सर्त राखिएको छ।
हाल बैंकले ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ एटिएम तथा ६३ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ।


