२०८३ कार्तिक १३ गते बिहिबार

सीपीसीको कार्यक्रममा देव गुरुङले भने- राष्ट्रिय सहमतिको सरकार आवश्यक छ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २८
dev_gurung

भक्तपुर- नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रिय सहमतिबाट सरकार निर्माण गर्न सके देशको राष्ट्रियता, अखण्डताको रक्षा गर्न सकिने बताएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागले भक्तपुरमा आयोजना गरेको नेपाल–चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि सहयात्रा कार्यक्रमअन्तर्गत ‘सिल्क रोडस्टर : जोइन द राइड फर बेटर फ्युचर’ मा उनले सरकार राष्ट्रिय सहमतिबाट नै बनाउन सके देशको हित हुने बताएका हुन्।

‘देश राष्ट्रिय एकता र सहकार्यबाट अगाडि बढ्नुपर्छ, देश बनाउन राष्ट्रिय सहमतिको विकल्प छैन, सरकार पनि राष्ट्रिय सहमतिबाटै बन्नु आवश्यक छ, त्यसो हुन नसके देशको विकास, स्थिरता, स्थायित्व, मुख्य एजेण्डा र असंलग्न परराष्ट्रनीतिमा राष्ट्रिय सहमति हुन आवश्यक छ,’ उनले भने।

राष्ट्रिय एकता र सहमतिबाट देश अगाडि बढ्न नसक्दा शक्ति राष्ट्रहरूले हाम्रो देशमा खेल्ने मौका पाएको चर्चा गर्दै उनले राज्य कमजोर पार्ने प्रक्रियाले नेपालको राष्ट्रित अस्मिता अत्यन्तै कमजोर बनेको बताए।

‘हाम्रो देशको राष्ट्रिय राजनीति अस्थिर बनेको छ, एकले अर्कालाई निषेधको राजनीति सुरु भएको छ, विकास र स्वाधीनतामा पनि राष्ट्रिय सहमति बन्न सकेको छैन,’ उनले भने, ‘मुलुकको राष्ट्रिय अस्मिता रक्षाका लागि राष्ट्रिय सहमतिको नीति लिनु अत्यावश्यक छ ।’

देश र जनताको स्वार्थभन्दा पनि नेता, दलहरूको स्वार्थमा बढी केन्द्रित हुँदा नेपालको असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गइरहेको उल्लेख गर्दै उहाँले पछिल्लो समयमा पञ्चशीलको सिद्धान्त कमजोर पर्दै गइरहेको, स्वतन्त्र परराष्ट्र नीति कमजोर बन्नुको कारण शक्ति राष्ट्रको कुनै न कुनै दबाब र प्रभावमा पर्दै जाने स्थितिले नेपालको स्वाधीनता कमजोर बनेको उनको भनाइ छ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका नेता रवीन्द्र ज्याख्वाले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)लाई आत्मसात गरेको बताउँदै विकासका कार्यलाई दुई देशले द्रुत गतिमा लग्नुपर्नेमा जोड दिए। कार्यक्रममा आईडीसीपीसीका काउन्सेलर डु शियालिनले सिल्क रोडस्टरका महत्त्वमाथि प्रकाश पारेका थिए।

चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को १० वर्ष पूरा भएको अवसरमा चीनले ‘सिल्क रोडस्टर’ भन्ने नयाँ फोरम स्थापना गर्दै चीन र दक्षिण पूर्वी एसिया तथा दक्षिण एसियाका राष्ट्रहरूबीच व्यावहारिक समन्वयका लागि अगाडि बढेको बताए।

यस फोरममा पाँच महत्त्वपूर्ण परियोजना समेटिएको भन्दै उहाँले तीमध्ये सिल्क रोड यात्रा, सिल्क रोड सशक्तीकरण, सिल्क रोड आनन्द, सिल्क रोड उज्यालोपदेश र सिल्क रोड समृद्धि रहेको बताए। कार्यक्रममा उक्त चिनियाँ टोलीले सहभागीलाई निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण गर्नुका साथै सौर्य उर्जा बत्ती र गरिब परिवारलाई केही खाद्यान्न एवं कृषकलाई कृषि किरा नष्ट गर्ने प्रविधि एवं औषधि वितरण गरेको थियो ।

प्रकाशित: २०८० असार २८ गते बिहिबार ०९:५६
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना