काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक नल्याए प्रतिनिधिसभाको अर्को बैठक चल्न नदिने चेतावनी दिएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बैठकको कार्यसूचीमा मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक नल्याएकोमा आपत्ति जनाउँदै यस्तो चेतावनी दिएका हुन्।
‘यसअघिको बैठकमा कार्यसूचीमै थियो । हामीले प्रतिस्थापन विधेयकमार्फत त्यसलाई अघि बढाउने प्रतिबद्धतासमेत जनाएका थियौं । तर आजको कार्यसूचीमा यो किन आएन?,’ ‘मिटरब्याजसम्बन्धी विधेयक आजको कार्यसूचीमा यो किन आएन ? यो कसका कारणले रोकियो? सरकारले सदनलाई यसबारे जानकारी दिनुपर्छ।’
उनले भने रास्वपा मिटरब्याजबाट पीडित सम्पूर्ण नागरिकहरूको पक्षमा रहेको भन्दै फास्ट ट्रयाकबाट पास गराउन प्रतिबद्ध रहेको बताए।


