नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।
बैठकमा राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्याङ्कन र पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुने उनको भनाइ छ।


