काठमाडौं– एभरेष्ट बैंकले सिन्धुलीको दुधौली नगरपालिका–. ४ मा अवस्थित सरस्वती माध्यमिक विद्यालय डकाहालाई आर्थिक सहयोग उपलब्ध गराएको छ। बैंकले विद्यालयको खानेपानी व्यवस्थापनार्थ १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले विद्यालयका सहायक प्रधानाध्यापक विष्णप्रसाद सापकोटालाई सहयोग रकमको चेक उपलब्ध गराए। सहयोगबाट विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई स्वच्छ खानेपानी वितरणमा टेवा पुग्ने विश्वास बैंकको छ।
बैंकले हाल १२६ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६१ एटीएम र ३२ राजस्व संकलन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ।


