काठमाडौँ– गायक तथा गीतकार कस्तुप पन्तको शब्दसंगीतमा नयाँ तीज गीत ‘मन्दिरमा गजुर’ सार्वजनिक भएको छ। गायिका सुनीता बुढा क्षेत्रीको स्वरमा रहेको गीत पन्तको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
गीतमा श्रीमतीले श्रीमानको प्रशंशा गरेकी छन्। श्रीमानको आयुआरोग्यका लागि आफू मन्दिरमा जाने गीतका माध्यमबाट श्रीमतीले व्यक्त गरेकी छन्।
हातैमा मेरो पूजाको थाली चिटिक्क परेर
हजुरकै लागि फूल अनि प्रसाद पिरती भरेर
मन्दिरमा गजुर!
हे! शिवजीको मन्दिरमा गजुर
मेरो लागि सर्वस्व हजुर..
पतिको माया पाइराख्ने कामना गरिएको गीतमा उनलाई सधैँ पूज्न पाउने पत्नीको मनोकामना रहेको दर्शाइएको छ। श्रीमानको खुशी नै आफ्नो खुशी भएकाले मायाका साथ जुनीजुनी सँगसँगै बिताउन पाउने आशिर्वाद पनि शिवजीसँग मागिएको छ।
हजुरकै पूजा, हजुरकै सेवा, हजुरकै भक्ति छ
मायाको साथ आशिर्वाद मिलोस् हजुरमै शक्ति छ
मन्दिरमा गजुर
हे! शिवजीको मन्दिरमा गजुर
जुनीजुनी सँगसँगै हजुर।
मालाश्री स्टुडियो रेकर्ड गरिएको गीतको भिडियो सारथी म्युजिक प्रालिले बनाएको गरेको हो। प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा विमल अधिकारी र उषा उप्रेतीको नृत्य/अभिनय देख्न सकिन्छ। युट्युबमा गीत ट्रेन्डिङमा छ।
हेर्नुहोस् गीतको भिडियो


