काठमाडौं– एक वर्षपछि मंगलबारदेखि बस्ने भनिएको सत्तारुढ कांग्रेसको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा आज पदाधिकारी र पूर्वपदाधिकारीको धुम्बाराहीमा बस्दै छ। केन्द्रीय समिति बैठकअघि पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्न बैठक बोलाइएको हो।
सभापति शेरबहादुर देउवाको धुम्बाराही निवासमा अपराह्न ३ बजे बैठक बस्ने तय भएको कांग्रेस प्रचार विभागले जनाएको छ।
केन्द्रीय समिति बैठक बस्नुअघि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्न बैठक बोलाइएको हो। कांग्रेस केन्द्रीय समिति बैठक २ साउनमा पार्टी मुख्यालय सानेपामा बस्दै छ।


