काठमाडौँ- नेपाली कांग्रेस रूपान्तरण अभियानले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने भएको छ। मंगलबार केन्द्रीय कार्यालय सानेपामा सभापति देउवालाई प्रतिवेदन बुझाउने तयारी गरिएको हो।
दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने भएकाले त्यसअघि नै देउवालाई रूपान्तरण अभियानको प्रतिवेदन बुझाउने तयारी गरिएको नेता गुरुराज घिमिरेले जानकारी दिए।
अभियानले सातै प्रदेशमा भएका रूपान्तरण अभियानका भेलामा आएका सुझावलाई समेटेर प्रतिवेदन तयार पारेको छ। गत जेठ ११ देखि ३१ गतेसम्म कांग्रेस रूपान्तरण अभियानले सातै प्रदेश भेला भएका थिए।


