काठमाडौँ- अमेरिकी प्रबिधिबाट उत्पादित ट्रु–मीका हेयर–केयरका उत्पादन नेपालमा आधिकारिक रुपमा विक्रिवितरण प्रारम्भ भएको छ। १, साउनमा काठमाडौंमा आयोजित एक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र युवा व्यवसायी सुशान्त मुरारकाले ट्रुमीका सामग्री कारोबारको औपचारिक उद्घाटन गरे।
प्रोडक्ट लन्च कार्यक्रममा बोल्दै अभिनेत्री खड्काले ट्रुमी उत्पादनहरु गुणस्तरीय र विश्वसनीय रहेको बताइन्। त्यसैगरी ट्रुमीका उत्पादनका लागि ब्राण्ड एम्बेस्डर तथा सिनियर व्युटी स्पेसलिस्ट रुश्का बैद्य श्रेष्ठले भनिन् ‘क्लिनिकल्ली प्रमाणित, प्राकृतिक सामाग्रीबाट उत्पादन भएको तथा छाला बिशेषज्ञले समेत सिफारिस गरेको उत्पादन भएकोले ट्रुमीका उत्पादनमा विश्वशनियता निहित छ। यी सामग्रीमा कुनै हानिकारक तथा रसायन पदार्थ समेत नरहेकोले सबैले प्रयोग गर्न उपयुक्त छन्।’
कार्यक्रममा ट्रुमीका लागि ब्राण्ड कन्सल्टेन्ट दीपक जैसवालले सामग्रीहरुको विशेषता र बजार–सन्दर्भबारे ब्रिफिङ गरेका थिए। ‘ट्रुमीका उत्पादनहरु उस्तै अरु प्रोडक्टहरुभन्दा किन र कसरी अलग छन् भन्ने थाहा पाउन यसको विशेषता परख गर्नुपर्छ’ जैसवालले भने, ‘हामीले उपभोक्ताहरुलाई यही कुरा बुझाउन जरुरी छ।’
नेपालका लागि ट्रुमी कारोबारको आधिकारिकता प्राप्त गरेको ट्रु डेर्मा एसए प्रालिले नेपाली बजारमा आधिकारिक रुपमा १७ प्रकारका ट्रु–मीका हेयर–केयरका उत्पादन उपलव्ध हुने जनाएको छ। केराटिन, स्याम्पु, ट्रिटमेन्ट, हेयर सिरम, वाक्स लगायत कस्मेटिक उत्पादनहरु समेटिएको ट्रु–मीका हेयर–केयरका सामग्री त्यत्तिकै गुणस्तरीय पनि रहेको कम्पनीको भनाइ छ।
‘ट्रु–मीका उत्पादनहरुलाई हामीले वितेको तीन महिनादेखि नेपाली बजारमा परीक्षण स्वरुप विक्रिवितरण गरेका थियौं, यो परीक्षणले हामीलाई बजार विस्तारका लागि थप उत्साहि बनाएको छ’, ट्रु डेर्मा एसएका अध्यक्ष सुशान्त मुररकाले प्रोडक्ट लन्च कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयरका सामग्री भएर होला, उपभोक्ताको प्रतिक्रिया अपेक्षाकृत रुपमा सकारात्मक पायौं। यसले हामीलाई उत्साही बनाएको छ।’




