काठमाडौँ- नेपाली कांग्रेसले पार्टीमा २२ विभाग थप गर्न प्रस्ताव गरेको छ। मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीका महामन्त्री गगन थापाले यस्तो प्रस्ताव पेस गरेका हुन्।
हाल नेपाली कांग्रेसमा ४८ वटा विभाग छन्। थापाको प्रस्ताव पारित भएमा कांग्रेसमा विभागको संख्या ७० पुग्नेछ। हाल भइरहेका विभाग नै गठन गर्न नसकिरहेको अवस्थामा कांग्रेसमा विभाग थप गर्न प्रस्ताव आएको हो। यस्तै पार्टीमा थप ७ लाख नयाँ सदस्य बनाउन प्रस्ताव गरिएको थियो।
भदौ ५ गते मधेश प्रदेशका आठै जिल्लामा प्रदीप गिरी संवाद कार्यक्रम गर्न प्रस्ताव गरेको छ। मधेशका सबै जिल्लामा प्रदीप गिरि संवाद कार्यक्रम गर्न प्रस्ताव गरिएको छ।
‘भदौ ५ गते प्रदीप गिरीको पहिलो स्मृति सभा गरिनेछ। मधेशका सबै प्रदीप गिरी संवाद कार्यक्रम गर्न प्रस्ताव गर्छु,’ उनले भने।
बैठकका उनले एक वर्षे कार्ययोजना पेस गरेका छन्। प्रत्येक दुई महिनमा केन्द्रीय कार्यसमिति बैठक बोलाइने, भातृसंस्था लगायतका विषयमा उनले प्रस्ताव गरेका छन्।
बैठकले उनको प्रस्ताव पारित गरेपछि मात्र कार्यान्वयनको चरणमा जानेछ।


