काठमाडौं– एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली कम्बोडिया उडेका छन्। ओली सचिवालयका अनुसार मंगलबार राती भ्रमण टोलीसहित कम्बोडिया गएका हुन्।
ओली कम्बोडियामा हुने निर्वाचन पर्यवेक्षणका लागि त्यसतर्फ लागेका हुन्। भ्रमण दलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी छन्।
ओलीले कम्बोडिया जानुअघि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्बाङलाई दिएका छन्। ओली ८ साउनमा नेपाल फर्किने उनको सचिवालयले जनाएको छ।


