काठमाडौँ- एन आई सी एसिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा योजना ल्याएको छ। योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकले मोबाइल बैंकिङ्ग (मो-बैंक) एप वा वेबसाइटबाटै निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम २ लाखसम्मको कर्जा प्राप्त गर्न सक्नेछन्।
यसका लागि बैंकिङ्ग एप वा वेबसाइटमा उपलब्ध ‘Apply for Loan Against FD’ विकल्प जान सक्नेछन्। उक्त विकल्प छनौट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ र यसपछि ग्राहक महानुभावहरूले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि रू. २ लाखसम्मको कर्जाको लागि आवश्यक विवरण भरेपछि ओटीपी (OTP) कोड प्राप्त हुनेछ। ओटीपी कोड हालेर सर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहक महानुभावहरूको खातामा तुरुन्तै जम्मा हुनेछ।
साथै, यस योजनमार्फत रू. २ लाखभन्दा माथिको कर्जाको हकमा भने लागि ग्राहक महानुभावहरूले डिजिटल फर्म भरेर यस बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रकृया पूरा गरेपछि कर्जा प्राप्त गर्न सक्नुहुनेछ।
यसरी मुद्दती खाता कर्जा प्राप्त गर्ने ग्राहकले हरेक त्रयमासको अन्तसम्ममा ब्याज भुक्तानी गर्नुपर्ने छ। कर्जा लिएको एक वर्ष वा मुद्दती खाता परिपक्व हुने दिनको अघिल्लो दिनसम्म साँवा भुक्तानी गर्नुपर्ने समेत बैंकले जानकारी दिएको छ।
न्यूनतम रू. ५ हजार कर्जा सीमा उपलब्ध यस योजनामा ग्राहक महानुभावहरूले प्राप्त गर्ने कर्जाको अधिकतम सीमा, ब्याजदर, प्रकृया शुल्क, कर्जा भुक्तानी सुविधा, पुर्नतालिकीकरण, सर्तहरूका बारेमा कर्जा लिने प्रकृयाको क्रममा जानकारी प्राप्त गर्न सक्नेछन्।
बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ५१९ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ। हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएर वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित भएको बैंकको दाबी छ।


