२०८३ साउन १३ गते बुधबार

क्रिकेटमा चुनावी चहलपहलः जिल्लाले विधानको फरक व्याख्या गरेको लामाको ठहर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ३
TU Cricket

काठमाडौं – नेपाल क्रिकेट संघ(क्यान) मा चुनावी चहलपहल सुरु भएको छ। केही दिन अघि मात्र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारख खड्काले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै जिल्लाको साधाराणभाबारे आफ्नो धारण बताएका थिए।

त्यसको केही दिनमा(आज) क्यानकै सदस्य छुम्बी लामाले जिल्लामा क्यानको विधानको फरक फरक व्याख्या गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।

क्यानले खेलकुद ऐन २०४८ अनुसार वि सं २०५५ मा आफ्नो विधान बनाएको थियो। त्यसको तीन संशोधन सम्पन्न भएको छ। त्यस्तै, भर्खरै मात्र क्यानको साधरण सभा पनि सम्पन्न भएको छ। त्यसमा, त्यो क्यानको विधानको चौथो शंसोधन थियो जहाँ विधानलाई राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार बनाइएको थियो।

यो विधानलाई अहिले राखेपले पनि प्रमाणिकरण गरिसकेको सदस्य छुम्बी लामाले जानकारी दिएका छन्। तर विधानको बारेमा जिल्ला संघहरुले स्पष्ट निर्देशन दिन नसकेको कारण आफ्ना ध्यानाकर्षण भएको लामाले सामाजिक सञ्जालमार्फत् जनाएका छन्।

‘जिल्लाहरुमा सदस्यता नवीकरण र नयाँ सदस्य वितरणको कार्य भईरहेको अवस्थामा विधानको बारेमा संघबाट प्रष्ट निर्देशन नहुदा जिल्ला संघहरुले विधानबारे छुट्टाछुट्टै व्याख्या गरी सूचना जारी भएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

संघको विधानभन्दा बहिर कोही पनि हुन सक्दैन भन्दै लामाले यथाशिघ्र विधान अनुसार नेपाल क्रिकेट संघले सबै जिल्ला क्रिकेट संघहरुलाई विधानअनुसार प्रष्ट निर्देशन दिइ नयाँ सूचना जारी गर्नको लागि लामाले अनुरोध गरेका छन्।

यसअघि पूर्वकप्तान खड्काले जिल्ला देखि नै नेपाली क्रिकेटको संरचना फेरबदल गरेर अघि जानुपर्ने बताएका थिए। उनले दुई वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषण गरेका थिए।

प्रकाशित: २०८० साउन ३ गते बुधबार ०५:११
प्रतिक्रिया

थप समाचार

एथ्लेटिक्समा ४ दशक अविराम, इन्द्रालाई ‘लाइफटाइम’ सम्मान

पोखरा- नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ। प्रतिभा छनोट समितिको...

वेस्ट इन्डिजमाथि ६ विकेटले नेपाल विजयी

काठमाडौँ- नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिज एमाथि ६ विकेटको जित हात पारेको छ। ५ खेलको सिरिजमा तीन खेल जित्दै वेस्ट इण्डिजले उपाधि हात पारेको छ। शनिबार भएको पाचौँ खेलको १७३...

टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ- आसन्न टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव...

इटहरी गोल्डकप स्चर्च ब्वाइज सेमिफाईनलमा

धरान- इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटर फाईनल खेलमा न्युरोड टिम (एनआरटी)लाई २–१ गोलको अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाईनलमा प्रवेश गरेको छ। राष्ट्रिय जागृति क्लबको आयोजनामा...

‘प्रशिक्षकबिना खेलकुदको विकास असम्भव’

गण्डकी- गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री महेन्द्रध्वज जिसीले प्रशिक्षक बिना खेलकुदको विकास असम्भव नहुने बताएका छन्। प्रदेश खेलकुद परिषद् गण्डकीको आठौँं बोर्ड बैठकलाई...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना