काठमाडौं – अष्ट्रेलिया र न्युुजिल्यान्डमा जारी फिफा महिला विश्वकपको पहिलो खेलमा आयोजक न्युजिल्यान्डले नर्वेको महिला टोलीलाई १–० गोलअन्तरले हराएको छ।
न्युजिल्यान्डको इडेन पार्क रंगशालामा सम्पन्न खेलमा आयोजक टिमले जित निकालेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरी बने पनि दोस्रो हाफको ४८ औं मिनेटमा हान्नह विल्किन्सनले गोल गरेर न्युजिल्यान्डलाई अग्रता दिलाएकी थिइन्।
विल्किन्सनको गोल नै खेलको निर्णायक बनेपछि न्युजिल्यान्डले समूह ए मा पहिलो तीन अंक बटुलेको छ। यो जितसँगै न्युजिल्यान्ड समूह एको शीर्षस्थानमा पुगेको छ। सोही समूहको अर्को खेलमा स्विट्जरल्यानडले फिलिपिन्ससँग शुक्रबार दिउँसो पौने ११ बजे प्रतिस्पर्धा सुरु गर्नेछ।
विश्वकपअन्तगर्तत आजको दोस्रो खेलमा अष्ट्रेलिया र आयरल्यान्ड खेलिरहेका छन्।


