२०८३ कार्तिक १३ गते बिहिबार

‘कांग्रेसलाई वर्गशत्रु देखाएर गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ६
samajbad

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले घुमिफिरी वर्गशत्रु भनेको कांग्रेस हो भन्ने पारेर अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्रप्रति सचेत रहन नेता तथा कार्यकर्तालाई सुझाव दिएका छन्।

समाजवाद अध्ययन केन्द्र नेपालद्वारा आयोजित समाजवाद बहस र सङ्घर्ष विषयक कार्यक्रममा उनले व्यवहार र सिद्धान्त सोचेजस्तो नभएकाले मुलुकको आवश्यकता, धरातल र यथार्थ बुझेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन्।

‘कतिपय कम्युनिस्ट पार्टी प्रतिगामीसँग हातेमालो गरिरहेका छन्। दलभित्रका कमी–कमजोरी र सीमालाई बुझेर सङ्गठन विस्तार र शक्ति वृद्धिमा ध्यान दिन आवश्यक छ,’ उनले भने।

पुँजीवाद अस्तित्वको सङ्कटमा पुगेको र मुलुक समाजवाद हुँदै साम्यवादमा प्रवेश गर्ने निश्चित रहेको बताउँदै अध्यक्ष नेपालले उग्रवामपन्थ र दक्षिणपन्थको भासमा डुबेका कम्युनिस्टलाई ठीक मार्गमा हिँडाउने एउटै उपाय भनेको वैज्ञानिक समाजवाद भएको धारणा राखे।

विश्वमा कम्युनिस्ट पार्टी धरमराइरहेको अवस्थामा नेपालमा भने लोकप्रिय दलका रूपमा उदाएको प्रसङ्ग उल्लेख गर्दै उनले व्यक्तिवादी प्रवृत्ति र विकृतिलाई समयमै चिरफार गर्न सकिएन भने अनेक चुनौतीको सामना गर्नुपर्ने चेतावनी दिए।

‘समाजवाद जनताका हित र कल्याण गर्ने व्यवस्था हो, राजनीतिलाई जनतादेखि जनतासम्मको धारमा मोड्नुपर्छ, हामी जनताका पीडा र वेदनासँग जोडिनुपर्छ, नेपालमा कम्युनिस्ट पार्टीको भविष्य उज्यालो छ,’ उनले भने।

नेकपा (माओवादी केन्द्र)का नेतृ पम्फा भुसालले नेपालमा कम्युनिस्ट पार्टी हराभरा र ठीक मार्गबाट अघि बढिरहेको बताए। उनले मुलुकको अभिभारा र माग रहेकाले एउटै बलियो कम्युनिस्ट पार्टी बनाएर समाजवाद हासिल गर्ने लक्ष्यमा अघि बढ्नुपर्ने आजको आवश्यकता भएको स्पष्ट गरिन्।

‘समाजवाद अहिले रक्षात्मकरूपमा रहेको छ, सबै दलको कार्यदिशा समाजवाद नै बनेर अघि बढिरहेको छ। एउटै बलियो कम्युनिस्ट पार्टी नभई समाजवाद हासिल गर्न सकिन्न,’ उनले भनिन्।

नेकपा एकीकृतकै केन्द्रीय सदस्य अशेष घिमिरेले कम्युनिस्ट पार्टी सरकारमा रहँदा मजदुर प्रताडित रहनुपर्ने तथा कृषकका उत्पादन सडकमा फालिनुपर्ने अवस्थाले मुलुक समाजवादतर्फ उन्मुख भएको हो र भन्ने प्रश्न सिर्जना गरेको भनाइ राखे।

खुला विश्वविद्यालयका डिन डा खगेन्द्र प्रसाईँले नेताको भाषण र वक्तव्यबाट नभई जनताको हित र कल्याणसँग जोडिएका स–साना सुधारलाई क्रान्तिको भर्याङ बनाउन सकिने विचार प्रकट गरे।

आयोजक संस्था समाजवाद अध्ययन केन्द्रका अध्यक्ष अर्जुन राईले विचार र सिद्धान्तको बहसले समाजवादको जगलाई बलियो तुल्याउने भएकाले आदर्श, विचार र सिद्धान्तका आधारमा गन्तव्यको पहिचान गरी उद्देश्य प्राप्तिका लागि अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताएका थिए।

हिजो, आज र भोलिका लागि समाजवादी अभियन्तामा समर्पित भनिएको कार्यक्रममा अध्यक्ष नेपालले र नेतृ भुसालले ‘समाजवाद बहस र सङ्घर्ष’ पुस्तक सार्वजनिक गरिएको थियो।

अध्यक्ष नेपाल, पूर्वप्रधानमन्त्रीद्वय डा बाबुराम भट्टराई र झलनाथ खनाल, राम कार्की, जगन्नाथ खतिवडा, डा विजय पौडेल, प्रा डा पिताम्बर शर्मालगायत १५ जना व्यक्तिका कृतिमा समेटिएका विचारको अध्ययनले समाजवादका विषयमा चर्चा छ।

प्रकाशित: २०८० साउन ६ गते शनिवार ०६:०६
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना