२०८३ कार्तिक १३ गते बिहिबार

महामन्त्रीहरुले चिट थमाएर अन्य पार्टीबारे नबोल्न भन्नुभयो : शेखर कोइराला

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ७
shekhar

काठमाडौँ– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस केन्द्रीय समिति बैठकमा आफूहरूलाई अन्य पार्टीबारे टिप्पणी नगर्न नभएको खुलासा गरेका छन्। केन्द्रीय समिति बैठक लाइभ प्रसारण भइरहेकाले महामन्त्रीले आफूहरूलाई चिट थमाएर अन्य पार्टीका विषयमा नबोल्न भनेको उनले केन्द्रीय समिति बैठकमा उल्लेख गरेका हुन्।

‘बैठक लाइभ हुँदैछ। असहज महसुस भइरहेको छ। सभापतिलाई लागेको होला नेताहरुले लोकरिझ्याइँका कुरा गरे भन्ने लागेको होला। सँधैभरी अप्ठ्यारो छ। महामन्त्रीहरुले चिट थमाएर अन्य पार्टीका बारेमा नबोल्नु भन्नुभयो,’ उनले भनाइ थियो।

बैठक कस्तो हुने भनेर प्रश्न गरेका उनले कांग्रेस मासवेस्ड हो कि क्याडरबेस्ड पार्टी हो भनी प्रश्न गरेका थिए। यस विषयमा छलफल गर्न सकिने बताएका उनले कार्यतालिका क्याडरवेस्ड बनाएको उल्लेख गरेका थिए। कार्यतालिकमा प्रदेशलाई समावेश गर्ने कुरा उल्लेख नभएको बताएका उनले महत्त्वपूर्ण नेताहरुको समृति र जन्मदिवस छुटेको बताए।

२०८४ मा एक्लै चुनाव लड्न कांग्रेसले प्रण गर्न आवश्यक भएको उनको भनाइ छ। ‘सरकारका बारेमा धेरै भन्नु छैन। तीन महिना मात्रै भयो। जनताको अपेक्षा स्थानीय सरकार र प्रदेश र केन्द्रका साथीहरुको अपेक्षा बढेको छ। त्यसलाई कसरी सम्हाल्ने त्यता ध्यान दिनुपर्छ। महँगी र कालोबजारीले आक्रान्त बनेको छ। जनताले कांग्रेस सरकारमा भएको अनूभूति भइरहेको छ,’ उनले भनेका थिए, ‘दण्डहीनतालाई प्रश्रय दिने काम हामीले गरेका छौं। मलाई चिन्ता लागिरहेको छ।’

मुलुकी ऐन संशोधन गर्न बनेको कानून खारेज गर्नुपर्ने उनको भनाइ छ। ‘कांग्रेसले सुशासनको नारा दिने मात्र होइन। भ्रष्टाचारीलाई संसरक्षणा गर्दैन र भ्रष्टाचारका विरुद्ध उभिन्छ भन्ने सुनिश्चित नहुने हो भने हामी जनताका घरमा जान सक्दैनौं,’ उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा भावनामा बगेर कुरा गरेर हुँदैन। हामी सचेत र गम्भीर हुनुपर्छ। यस विषयमा केन्द्रीय समितिले पारदर्शीता र शुसानका पक्षमा उभिने प्रण बैठकले गरोस्।’

प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातिक समावेशी प्रणाली सुनिश्चित गर्न कांग्रेसले नै नेतृत्व गर्नपर्ने उनको भनाइ थियो। सत्तालाई केन्द्रमा राख्दा कांग्रेस जनताबाट टाढिएको उनको भनाइ थियो।

कांग्रेसको गत अधिवेशनमा कोइरालाले सभापति पदका लागि प्रतिस्पर्धा गरेका थिए। उनको समूहबाट महामन्त्रीमा चुनाव लडेका महामन्त्री थापा विजयी भएका थिए।

प्रकाशित: २०८० साउन ७ गते आईतबार ०१:०७
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना