२०८३ साउन १३ गते बुधबार

महामन्त्रीहरुले चिट थमाएर अन्य पार्टीबारे नबोल्न भन्नुभयो : शेखर कोइराला

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ७
shekhar

काठमाडौँ– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस केन्द्रीय समिति बैठकमा आफूहरूलाई अन्य पार्टीबारे टिप्पणी नगर्न नभएको खुलासा गरेका छन्। केन्द्रीय समिति बैठक लाइभ प्रसारण भइरहेकाले महामन्त्रीले आफूहरूलाई चिट थमाएर अन्य पार्टीका विषयमा नबोल्न भनेको उनले केन्द्रीय समिति बैठकमा उल्लेख गरेका हुन्।

‘बैठक लाइभ हुँदैछ। असहज महसुस भइरहेको छ। सभापतिलाई लागेको होला नेताहरुले लोकरिझ्याइँका कुरा गरे भन्ने लागेको होला। सँधैभरी अप्ठ्यारो छ। महामन्त्रीहरुले चिट थमाएर अन्य पार्टीका बारेमा नबोल्नु भन्नुभयो,’ उनले भनाइ थियो।

बैठक कस्तो हुने भनेर प्रश्न गरेका उनले कांग्रेस मासवेस्ड हो कि क्याडरबेस्ड पार्टी हो भनी प्रश्न गरेका थिए। यस विषयमा छलफल गर्न सकिने बताएका उनले कार्यतालिका क्याडरवेस्ड बनाएको उल्लेख गरेका थिए। कार्यतालिकमा प्रदेशलाई समावेश गर्ने कुरा उल्लेख नभएको बताएका उनले महत्त्वपूर्ण नेताहरुको समृति र जन्मदिवस छुटेको बताए।

२०८४ मा एक्लै चुनाव लड्न कांग्रेसले प्रण गर्न आवश्यक भएको उनको भनाइ छ। ‘सरकारका बारेमा धेरै भन्नु छैन। तीन महिना मात्रै भयो। जनताको अपेक्षा स्थानीय सरकार र प्रदेश र केन्द्रका साथीहरुको अपेक्षा बढेको छ। त्यसलाई कसरी सम्हाल्ने त्यता ध्यान दिनुपर्छ। महँगी र कालोबजारीले आक्रान्त बनेको छ। जनताले कांग्रेस सरकारमा भएको अनूभूति भइरहेको छ,’ उनले भनेका थिए, ‘दण्डहीनतालाई प्रश्रय दिने काम हामीले गरेका छौं। मलाई चिन्ता लागिरहेको छ।’

मुलुकी ऐन संशोधन गर्न बनेको कानून खारेज गर्नुपर्ने उनको भनाइ छ। ‘कांग्रेसले सुशासनको नारा दिने मात्र होइन। भ्रष्टाचारीलाई संसरक्षणा गर्दैन र भ्रष्टाचारका विरुद्ध उभिन्छ भन्ने सुनिश्चित नहुने हो भने हामी जनताका घरमा जान सक्दैनौं,’ उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा भावनामा बगेर कुरा गरेर हुँदैन। हामी सचेत र गम्भीर हुनुपर्छ। यस विषयमा केन्द्रीय समितिले पारदर्शीता र शुसानका पक्षमा उभिने प्रण बैठकले गरोस्।’

प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातिक समावेशी प्रणाली सुनिश्चित गर्न कांग्रेसले नै नेतृत्व गर्नपर्ने उनको भनाइ थियो। सत्तालाई केन्द्रमा राख्दा कांग्रेस जनताबाट टाढिएको उनको भनाइ थियो।

कांग्रेसको गत अधिवेशनमा कोइरालाले सभापति पदका लागि प्रतिस्पर्धा गरेका थिए। उनको समूहबाट महामन्त्रीमा चुनाव लडेका महामन्त्री थापा विजयी भएका थिए।

प्रकाशित: २०८० साउन ७ गते आईतबार ०१:०७
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना