काठमाडौँ- नबिल बैङ्क लिमिटेड राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ ‘नेसनल बेस्ट प्रेस्जेन्टेड एनुअल रिर्पोट अवार्ड (एनबीपीए), २०२२’ बाट सम्मानित भएको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रूपमा प्रदान गरिने उक्त अवार्ड नबिल बैङ्कले बैङ्किङ क्षेत्रतर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो। आइक्यानले आर्थिक वर्ष २०२१ र २२ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो।
काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथी अर्थमन्त्री डा. प्रकाश शरण महतले नबिल बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई अवार्ड हस्तान्तरण गरेका थिए।
बैङ्कको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फबाट साउथ एशियन फ्रेड्रेसन अफ अकाउन्टस् (साफा) द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा बीपीए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुनेछ।
नेपालको एक अग्रणी बैङ्क नबिलले २० लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरका २६५ शाखा र २९८ एटीएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ।



