२०८३ कार्तिक १३ गते बिहिबार

केन्द्रीय प्रभावबाट मुक्ति खोज्ने सभामुख भेलाको निष्कर्ष

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ७
speakers_meeting

काठमाडौँ- सङ्घीय संसद् तथा प्रदेशसभाका सभामुख र उपसभामुखले सभाका कामकारबाहीलाई थप पारदर्शी, पहुँचयोग्य, उत्तरदायी र प्रभावकारी तुल्याउँदै प्राथमिकताका साथ कार्यान्वयन गर्ने दृढता व्यक्त गरेका छन्।

सङ्घीय संसद् तथा प्रदेशसभाका सभामुख र उपसभामुख सम्मिलित अनुभव आदानप्रदानसम्बन्धी काठमाडौँको चन्द्रागिरिमा सम्पन्न दुईदिने भेलाले सभाबीचको पारस्परिक सिकाइ र साझा सवालको पहिचानसहित १२ बुँदे निष्कर्ष निकालेको हो।

प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, सातवटै प्रदेशसभाका सभामुख र उपसभामुखको भेलाले निर्माण भइसकेपछि कानुन कार्यान्वयनको अवस्था मापन गर्ने कार्यको थालनी गर्ने निर्णय गरेको छ।

सङ्घ र प्रदेश स्वतन्त्र रहने मान्यतालाई आत्मसात् गर्दै सङ्घीय संसद्मा हुने राजनीतिक फेरबदलका कारण प्रदेशसभा प्रभावित हुने विषयलाई निरुत्साहित गर्ने विषयमा सहमति भएको छ।

केन्द्रीय प्रभावबाट मुक्त हुने वातावरणका लागि पहल गर्ने विषयमा पनि उनहरुबीच मतैक्यता रहेको भेलापछि जारी निष्कर्षमा उल्लेख छ। भेलाले कानुन कार्यान्वयनमा प्रभावकारिता ल्याउन कानुन निर्माणकै क्रममा आवश्यकता र कार्यान्वयनको सम्भाव्यता अध्ययन गर्ने निष्कर्ष निकालेको हो।

सभा तथा संसदीय समितिबाट दिइएका निर्देशनको कार्यान्वयनको अवस्थाका बारेमा अध्ययन अनुसन्धान गर्ने कार्यलाई थप परिणाममुखी बनाउने र सोका लागि सभाबीच आपसी सहकार्य गर्ने प्रस्ताव पनि भेलाले पारित गरेको छ।

संसद्को अधिवेशन आह्वान, अन्त्य, अधिवेशनमा पेस हुने विधेयकलगायत सरकारी कार्यसूचीमा रहने विषयका सम्बन्धमा सरकारले सभाध्यक्षसँग परामर्श गर्ने पद्धति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराउने विषयमा दुवै तहका सभामुख र उपसभामुखबीच मतैक्यता भएको छ।

सभाको कार्यबोझको जानकारी अधिवेशनअगावै सभाध्यक्षलाई दिन सरकारको ध्यानाकर्षण गराउने भेलाको निष्कर्ष छ। व्यवस्थापिकालाई आर्थिक स्वायत्तताको प्रत्याभूति गर्न र कुनै पनि कारणबाट बजेटको अभाव हुन नदिन सरकारलाई ध्यानाकर्षण गराउने विषयमा उनीहरुबीच सहमति भएको छ। संसद् र सचिवालयलाई भौतिक स्रोतका साथै पर्याप्त दक्ष जनशक्तिको व्यवस्थापन गर्न गराउन प्रयत्न गरिने भएको छ।

राष्ट्रियसभाको सङ्घीयता कार्यान्वयनसम्बन्धी विशेष समितिको सिफारिसमा सभाले दिएको निर्देशन कार्यान्वयनका लागि सरकारलाई ध्यानाकर्षण गराउन पनि सभामुख र उपसभामुखबीच सहमति बनेको छ।

पूर्वबजेट छलफल र सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषय समावेश हुने अवस्थाको सुनिश्चिता गर्ने तथा उल्लेखित कार्यक्रम हरेक आर्थिक वर्षको बजेट अधिवेशनअगावै सक्ने गरी व्यवस्थापन गर्नुपर्छ भन्ने भेलाको निष्कर्ष छ।

भेलाले संविधान प्रदत्त महिलाको हकअधिकार कार्यान्वयन गर्न र महिला सशक्तीकरणका लागि प्रतिनिधिसभाका उपसभामुखको नेतृत्वमा राष्ट्रियसभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुख रहेको संसदीय संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ। उपसभामुखको कार्यबोझलाई विस्तृतीकरण गर्न पहल गर्ने विषयमा पनि उनीहरुबीच सहमति भएको छ।

सङ्घीय लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढीकरण गर्न थप आवश्यक कानुनको पहिचान र प्राथमिकीकरणसहित कानुन निर्माण गरी प्रदेशसभालाई प्रभाकारी बनाउन आवश्यक पहल गर्ने भेलाको निष्कर्ष छ।

उनीहरुबीच सङ्घीय शासन प्रणालीको भावना अनुकूल प्रदेशसभाका सभामुख र उपसभामुखको मर्यादाक्रममा पुनःविचार गर्न सरकारको ध्यानाकर्षण गराउने विषयमा पनि मतैक्यता कायम भएको छ।

सभा र सचिवालयलाई प्रविधिमैत्री बनाउन आफ्नै डाटा सेन्टरलगायत पूर्वाधार निर्माण गर्ने तथा तथ्याङ्कको गोपनीयता र सुरक्षालाई प्राथमिकता दिई कार्यसम्पादन गर्नेतर्फ पहल गर्दै कागजरहित तुल्याउने विषयलाई भेलाले जोड दिएको छ।

संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउन कार्यपालिकाबाट हस्तक्षेप हुन नहुने मान्यतालाई आत्मसात् गर्दै प्रदेशसभामा कार्यरत कर्मचारीको व्यवस्थापन छुट्टै कानुनबमोजिम गर्न गराउन पहल गर्ने भेलाले निष्कर्ष निकालेको छ।

भेलाले सङ्घीय संसद् र प्रदेशसभाका सदस्य र कर्मचारीको क्षमता तथा व्यावसायिकता अभिवृद्धि, अनुभव आदानप्रदान र अध्ययन भ्रमणजस्ता कामलाई प्रोत्साहित गर्ने विषयलाई पनि प्राथमिकता दिने भनेको छ।

सङ्घीय सचिवालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा सभामुख देवराज घिमिरेले संसद् र संसदीय गतिविधिसम्बन्धी सूचना प्रवाह गरी जनतालाई समयमै सुसूचित गर्न सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण रहिआएको बताए।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेशको स्वयत्ततामा सङ्घको प्रभाव नपरोस् भन्ने पाटोलाई सबैले आत्मसात् र मनन गर्न आवश्यक रहेको बताए।

प्रकाशित: २०८० साउन ७ गते आईतबार ०६:२०
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना