काठमाडौँ- २ साउनदेखि मुख्यालय सानेपामा सत्तारुढ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। बैठकमा बाँकी केन्द्रीय सदस्यका साथै मन्त्रीहरुले जवाफ दिन सुरु गरेका छन्।
बैठकमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा तथा सभापति शेरबहादुर देउवा जवाफ दिने कार्यक्रम छ। २ असारदेखि जारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० एजेन्डा र महामन्त्री गगन थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए।
आइतबार बैठकमा सहभागी केन्द्रीय सदस्य एवं कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरु अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यको प्रगति विवरण सहभागीसमक्ष राखेका थिए।
बैठकमा पार्टी अनुशासन, नेताहरुलाई एकापसमा आरोप–प्रत्यारोपमा नउत्रिन र सरकारमा गएका मन्त्रीहरुले आफूलाई भाउ नदिएकोलगायत विषयमा आवाज उठिरहेको छ।
बैठक सोमबार समापन गर्ने तयारी छ।


