२०८३ कार्तिक ११ गते मङ्गलबार

राहुल गान्धीको सांसद पद खारेज

 |  बीबीसी
Sanket

बीबीसी

नयाँ दिल्ली, चैत १०
RAHUL
राहुल गान्धी। तस्बिर : गेट्टी इमेज

नयाँ दिल्ली- भारतीय कांग्रेस आईका नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ। बिहीबार सुरत अदातले दुई वर्षको कारावास सजाय सुनाइएको एक दिनपछि शुक्रबार उनको संसदको तल्लो सदन लोकसभा सदस्यको पद पनि खोसिएको हो।

अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि तोकेको छ। तर उनलाई फैसलाविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय दिइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘चोर’ शब्द प्रयोग गरी गाली गरेको आरोपमा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाइएको हो।

अदालतले गान्धीलाई यो सजायविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न १ महिनाको समय पनि दिएको छ। सन् २०१९ को लोकसभाको चुनावका क्रममा कर्नाटक चुनावीसभामा गाान्धीले मोदी थरप्रति गरको टिप्पणीलाई लिएर अदालतमा मुद्दा परेको थियो।

सुरत अदालतमा सुनवाईका क्रममा गान्धी पनि उपस्थित भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

राहुल गान्धीले आफ्नो भनाइबाट कुनै पनि समुदायलाई चोट पुर्‍याउन नचाहेको गान्धीका वकिलले सञ्चारमाध्यमलाई जानकारी गराएका थिए।

लोकसभा की अघिसूचना

के हो मुद्दा?
नेता राहुल गान्धीले सन् २०१९ को लोकसभा चुनावमा कर्नाटकको कोलारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मोदीमाथि विभिन्न आरोप लगाएका थिए। उनले भनेका थिए, ‘किन सबै चोरहरूको उपनाम मोदी छ?’

यसरी सार्वजनिक रूपमा प्रधानमन्त्री मोदीलाई समेत लक्षित गरी आरोप लगाएपछि उनीविरुद्ध भारतीय दण्डसंहिताको धारा ४९९ र ५०० अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। भारतीय दण्डसंहिताको धारा ४९९ ले मानहानीको मुद्दामा अधिकतम दुई वर्षको सजायको व्यवस्था गरेको छ।

अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि तोकेको छ। तर उनलाई फैसलाविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय दिइएको छ।

राहुललाई दिइएको सजायको प्रतिक्रिया दिँदै कांग्रेस नेता दिग्विजय सिंहले भने, ‘अब मोदीको नाम लिँदा मात्रै सजाय हुन्छ। राहुल गान्धी पछि हट्ने छैनन्। ललित मोदीलगायत देशको पैसा लिएर भाग्ने अरू मोदीहरू पनि छन्। गान्धी तिनीहरूको बारेमा कुरा गरेका थिए।’

सजायको घोषणापछि निवेदक पूर्णेश मोदीले सञ्चारमाध्यमसँग भने, ‘हामी यो निर्णयलाई हृदयदेखि स्वागत गर्छौँ। दुई वर्षको सजायको घोषणामा तपाई सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्न होइन, यो सामाजिक आन्दोलनको कुरा हो। समाज, जातिविरुद्ध अभिव्यक्ति दिनु हुँदैन। अरु केही छैन, बाँकी हामी समाजमा बसेर छलफल गर्छौं।’

राहुल गान्धीका वकिलहरूको टोलीले सुनुवाइको क्रममा राहुल गान्धीले आफ्नो बयानबाट कुनै समुदायलाई चोट पुर्‍याउन नचाहेको बताएको उल्लेख गरेका थिए।

के भन्छ कांग्रेस? के भन्छ भाजपा?
राहुललाई कैद सजाय सुनाइएको र त्यससम्बन्धी मुद्दाबारेमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले गान्धीलाई अदालतले सजाय सुनाउन सक्ने आफूहरूलाई अनुमान पहिल्यै भएको दाबी गरेका छन्।

‘यस्तो फैसलाका विषयमा हामीले पहिले नै अनुमान गरेका थियौं। राहुलले पनि जमानत पाएका छन्,’ उनले भनेका छन्, ‘हामी संविधान अनुसार भविष्यको कार्यदिशा तय गर्नेछौं। बीजेपीले आफूबाहेक सबैलाई औंला उठायो।’

राहुललाई दिइएको सजायको प्रतिक्रिया दिँदै कांग्रेस नेता दिग्विजय सिंहले भने, ‘अब मोदीको नाम लिँदा मात्रै सजाय हुन्छ। राहुल गान्धी पछि हट्ने छैनन्। ललित मोदीलगायत देशको पैसा लिएर भाग्ने अरू मोदीहरू पनि छन्। गान्धी तिनीहरूको बारेमा कुरा गरेका थिए।’

गुजरातका बीजेपी अध्यक्ष सीआर पाटिलले राहुल गान्धीले प्रयोग गर्ने भाषामा कुनै नियन्त्रण नभएको जिकिर गरेका छन्। ‘गान्धीले जसलाई जे पनि भन्न सक्छन्। फलस्वरूप, आज उनीमाथि मुद्दा दर्ता भयो र सजाय भयो,’ उनले भने।

केन्द्रीय मन्त्री किरण रिजिजुले राहुल गान्धीले जस्तोसुकै अभिव्यक्ति दिन सक्ने बताए। ‘उहाँको पार्टीले पीडा त भोग्छ तर यो देशको लागि पनि राम्रो कुरा होइन। कांग्रेसका केही नेताहरूले पनि भन्ने गरेका छन्। राहुल गान्धीको मनोवृत्ति, सबै बिग्रिएको छ, उनको पार्टी डुब्दैछ,’ उनको जिकिर छ।

के थियो राहुल गान्धीको भाषण?
सन् २०१९ को लोकसभा चुनाव प्रचारका क्रममा राहुल गान्धीले कर्नाटकको कोलारमा चुनावी र्‍यालीमा प्रधानमन्त्री मोदीलाई निशाना बनाउँदै भनेका थिए, ‘चौकीदार शतप्रतिशत चोर हो।’ पछिल्लो लोकसभा चुनावमा नरेन्द्र मोदीले आफूलाई देश र जनताको ‘चौकीदार’ भनी प्रचारप्रसार गरेका थिए।

र्‍यालीमा राहुलले भनेका थिए, ‘तिमीले ३० हजार करोड रुपैयाँ चोरेर आफ्नो साथी अनिल अम्बानीलाई दिएका छौँ। शतप्रतिशत पैसा चोर्नुभयो। चौकीदार चोर हो। निरव मोदी, मेहुल चोक्सी, ललित मोदी, माल्या, अनिल अम्बानी र नरेन्द्र मोदी- चोरहरूको समूह।’ यसपछि राहुलले व्यंग्य गर्दै भने, ‘मसँग एउटा प्रश्न छ। यी सबै चोरहरूको थर मोदी! नीरव मोदी, ललित मोदी र नरेन्द्र मोदी किन छन्? हामीलाई थाहा छैन, यस्ता मोदीहरू कति आउँछन्?’

के छ गान्धीको बयान?
मुद्दा दायर गरेका वकिलले सुनुवाइपछि सञ्चारमाध्यमलाई राहुल गान्धीले अदालतमा के-कस्ता तर्क दिएका छन् भनी बताएका थिए। राहुल गान्धीलाई आफ्नो गल्ती स्वीकार गरे कि गरेनन् भनेर पनि सोधेका थिए। तर, यसबारे राहुलले आफूले जानाजानी केही नबोलेको र उनको भनाइले याचिकाकर्तालाई कुनै हानी नपुगेको बताए।

यसमा याचिकाकर्ताका वकिलले राहुल गान्धी संसदका सदस्य भएको तर्क गरे, जहाँ सम्पूर्ण देशका लागि कानुन बनाइन्छ। यस्तो अवस्थामा राहुल गान्धीलाई कम सजाय दिइयो भने समाजमा गलत सन्देश जान्छ कि कानून बनाउनेलाई कम सजाय हुन्छ।

राहुल गान्धीका वकिल किरीट पानवालालाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले भनेको छ, ‘मुख्य न्यायिक मजिस्ट्रेट (सीजेएम) एचएच वर्माको अदालतले गत हप्ता यस मामिलामा दुवै पक्षको तर्क सुनेको थियो। सन् २०२३ को मार्चको मिति दिएको थियो।

राहुल गान्धी बयानका लागि अक्टोबर २०२१ मा सुरत अदालतमा हाजिर भएका थिए।

प्रकाशित: २०७९ चैत १० गते शुक्रबार ०३:३५
Sanket

बीबीसी

बेलायतको लन्डनमा मुख्यालय भएको बीबीसीले विभिन्न भाषामा समाचार उत्पादन, प्रकाशन तथा प्रसारण गर्दै आएको छ।
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना