२०८३ कार्तिक १३ गते बिहिबार

टिकट वितरणका कमजोरीको जिम्मा लिन्छु : पूर्णबहादुर खड्का

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ८
purna_bahadur_khadka
फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले तीन तहमा सम्पन्न भएका निर्वाचनमा टिकट वितरणका बेला कुनै कमजोरी भए त्यसको जिम्मा लिने बताएका छन्। कांग्रेस केन्द्रीय समिति बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले आफू टिकट वितरण गर्ने संसदीय बोर्डमा सदस्य रहेकाले कमजोरीको पनि जिम्मा आफूले लिने बताएका हुन्।

‘विधिअनुसार टिकट वितरण गरिएको छ, तैपनि कुनै कमजोरी भएको भए म संसदीय समिति सदस्य भएकोले जिम्मेवारी लिन्छु,’ उनको भनाइ थियो। यद्यपि आफूले राम्रा कामको पनि जस दाबी गर्ने उनको भनाइ थियो। सभापतिका विषयमा जथाभावी टीकाटिप्पणी गर्न आवश्यक नभएको उनको भनाइ छ।

थप उनकै शब्दमा
हाम्रा बारेमा साथीहरुले टिप्पणी गर्नुभएको छ। आएका सबै सुझावलाई सकारात्मकरुपमा लिनुपर्छ। महामन्त्रीजीहरूले बोल्ने बेला भन्नुभयो- सभापतिले बोलाएका बेलामा हामी जाने गरेका छौं। मेरो यसमा थप सुझाव छ- बोलाएका बेला मात्र होइन कि महामन्त्रीको जिम्मेवारी र पद सभापति र संस्थाको लागि कार्यकारी सल्लाहकार पद पनि हो।

परिस्थिति चुनौतीपूर्ण छ। जनतामा आत्मविश्वास जागाउनुपर्ने हो नसकेका कारण निराशा आशंका उत्पन्न भएको छ। त्यसलाई दुरुपयोग गर्दै परिवर्तनलाई चुनौती दिने प्रयास पनि भइरहेको छ।

गत निर्वाचनमा विधिअनुसार टिकट वितरण गरिएको छ, तैपनि कुनै कमजोरी भएको भए म संसदीय समिति सदस्य भएकोले जिम्मेवारी लिन्छु। दोहोरो मापदण्डका कारण त्यहाँ केही अन्याय भएको छ। पार्टीभित्र विचार समूह हुन्छ। नकार्न मिल्दैन। कहिले घटनाले गर्दा नीतिगत निर्णय गर्दा मन मिल्छ। ती विचार समूहलाई समेटेर जाने कुरालाई जोडेर जाने कुरामा हाम्रो महत्वपूर्ण भूमिका हुन्छ। बसेर छलफल गरेर समधान निकाल्ने र नविन बाटो बनाउने हो। रुपान्तरण भनेको त्यही हो।

जिम्मेवारीमा बसेकाहरुले आएका गुनासा मेट्ने हो। सभापतिले म अर्को पटक सभापति लड्ने होइन तयारी गर्नुस् भनेर सार्वजनिक रुपमा भनिसक्नुभएको छ। भोलिको नेतृत्वमा पुग्न हामीले सिंगो पार्टीलाई जोड्न हामीले सार्वजिनकरुपमा आफ्ना कुरा राख्नुपर्छ। हिलो छ्याप्ने र गाली गर्ने कुराले हामीलाई कहीँ पुर्‍याउँदैन। सुशासनका सन्दर्भमा भ्रष्टाचारका सन्दर्भमा जनतासँग जोडिएका कुरामा यो केन्द्रीय समिति बैठकले सरकारलाई सुझाव दिइयोस् भन्ने प्रस्ताव राख्न चाहान्छु।

अहिले समाजवादी मोर्चाको बारेमा कुरा उठेको छ। जुन दिन गठबन्धन भत्किएको पुनर्स्थापित गर्ने बैठक बालुवाटारमा भयो। चार नेताको बीचमा जे खालका सहमति भए। त्यही सन्दर्भमा तीन दलको मोर्चा बनाउँछौं भनेर तीन दलबीचमा समाजवादी मोर्चा बनाउने कुरा भएको हो। पछि विप्लवजी थपिनुभएको हो।

राष्ट्रपतिको उपचारका बारेमा केही भन्नुछ। राष्ट्रपतिज्यू परिवारको इच्छाले उपचारमा जानुभएको छैन। सरकारले विवरण पेश गर्ने कुरा भइरहेको छ। उहाँ सिरियस भएको कुरा आएपछि म टिचिङ गएँ। मैले र प्रधानमन्त्री भेटेको हो। राष्ट्रपतिले मलाई विदेश नपठाउनुस्। डाक्टरहरुले फोक्सोमा पनी जमेको कुराहरु जोडेर हाम्रो प्रविधिले भ्याउँदैन बाहिरै लैजाऔँ भनेपछि भोलिपल्ट विदेश लगेको हो।

विदेशमा उपचारका विषयमा दुईखाले कानुन छन्। एउटा कसैले पनि विदेशमा उपचार गर्दा पैसा सरकारले नदिने भन्ने कानुन छ। अर्को राष्ट्रपतिको उपचार खर्च व्यवहोर्ने गरी संसदले ऐन पारित गरेको छ। एयर एम्बुलेसन्का कारण खर्च बढी भएको हो। यसको खर्च विवरण सरकारले पेश गर्छु।

यहाँ आएका सुझावलाई मन्त्रीहरुले गम्भीररुपमा लिएका छौं। पार्टीको मर्यादा घोषणापत्र र पार्टीका साथीहरुको भावना विपरित हामीले काम गर्दैनौं। नेपाली जनताको शिर झुक्नेगरी काम गर्ने छैनौं।

प्रकाशित: २०८० साउन ८ गते सोमबार ०७:२८
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना