काठमाडौं– एक साता लामो कम्बोडिया भ्रमणमा गएका एमाले अध्यक्ष केपी ओली स्वदेश फर्किएका छन्।
ओली कम्बोडियाको प्रतिपक्षविहीन निर्वाचन पर्यवेक्षणका लागि २ साउनमा त्यता गएका थिए। कम्बोडियामा प्रधानमन्त्री सामदेक टेचो हुन सेनको एकलौटी निरंकुश शासन छ भने प्रतिपक्षीलाई निर्वाचनमा भाग लिनबाट वञ्चित गरिएको छ।
भ्रमणमा ओलीपत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालय टोलीसहित ६ जनाको सहभागिता रहेको थियो।
कम्बोडियामा रहँदा अध्यक्ष ओलीले त्यहाँका प्रधानमन्त्री हुन सेनसँग भेटवार्ता गरेका थिए। यस्तै, श्रीलंकाली पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि भेटवार्ता गरेको एमाले सचिवालयले जानकारी दिएको छ। उनले कम्बोडियामा एकलौटी निर्वाचनको पर्यवेक्षण गरेका थिए।


