काठमाडौं– कांग्रेसको २ साउनदेखि सानेपामा जारी केन्द्रीय समिति बैठक बुधबार पुनः बस्ने कार्यसूची छ। केन्द्रीय कार्यसमिति बैठक विश्रामको दिन कांग्रेस पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य शशांक कोइरालाले सानेपा भेलाको तिक्तता मेटाउन लैनचौरस्थित लैनचौर बैैंक्वेटमा चियापान आयोजना गरेका हुन्।
चियापानमा सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री एनपी साउद, मीनेन्द्र रिजाल, विनोद चौधरीलगायतका शीर्ष नेता सहभागी छन्। यस्तै, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसद, बागमती प्रदेश सांसद, काठमाडौंमा उपलब्ध जिल्ला सभापति, केन्द्रीय सदस्य, कांग्रेस कार्यकर्तालगायत सहभागी छन्।
२ साउनदेखि जारी सानेपा बैठकमा केन्द्रीय सदस्यबाट एकअर्काप्रति व्यक्त टीकाटिप्पणीलाई बिसाउने गरी शशांकले चियापान आयोजना गरेको बताइन्छ।


