काठमाडौँ- नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदीले टाटाका जेन्युन पार्टसको मूल्य समायोजन गरेको छ। ग्राहकको चाहना र अपेक्षालाई दृष्टिगत गरी मूल्य समायोजन गरिएको सिप्रदीले जनाएको छ।
सिप्रदी र टाटा मोटर्सको संयुक्त पहलमा टाटाका कमर्सियल गाडीको जेन्युन् पार्ट्सको मूल्य समायोजन गरिएको हो। अब ग्राहकहरुले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्युन पार्ट्स प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखी अवधारणा अनुरुप टाटा जेन्युइन पार्ट्सको मूल्य घटाइएको हो। अब टाटा कमर्सियल गाडीका ग्राहकहरुले सिप्रदीका वर्कसपहरुमा अनुभवी तथा दक्ष प्रविधिकहरुबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्यून पार्ट्सको प्रयोगबाट गुणस्तरीय सर्भिसिङको फाइदा उठाउन सक्नेछन्।
समायोजित मूल्य साउनदेखि नेपालभर रहेका सिप्रदीको सम्पूर्ण नेटवर्क–सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्यूइन् पार्टस् को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागू भएको कम्पनीले जनाएको छ।
साथै सिप्रदी सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्यूइन् पार्टस्हरुमा ६ महिना वा ५०,००० कि.मी. सम्मको वारेन्टी सुविधा पनि कम्पनीले प्रदान गर्दे आइरहेको छ। अन्य सेवाहरू तथा थप जानकारीका लागि सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ।


