काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदमा अवरोध गर्ने तयारी गरेको छ। झन्डै १०० किलो सुन बरामद गरिएको प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने भन्दै एमालेले संसद् अवरोध गर्ने तयारी गरेको हो।
संसद्मा प्रस्तुत हुने विषयमा छलफल गर्नका लागि एमालले संसदीय दलको बैठक बोलाएको छ। ददिउँसो १ बजे बस्ने संसद बैठक बस्नुअघि १२ बजेका लागि एमालेले संसदीय दलको बैठक बोलाएको छ।
‘हामीले १२ बजे संसदीय दलको बैठक बोलाएका छौं। त्यही बैठकले आवश्यक निर्णय गर्छ,’ उनले भने, ‘सुन प्रकरणमा हामीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छौँ। यस प्रकरणमा उहाँको कमजोरी देखिएको छ।’
एमालेको भ्रातृ संगठन, युवा संघ नेपालले गृहमन्त्री श्रेष्ठविरूद्ध प्रदर्शनसमेत गरेको थियो। सुन तस्करी प्रकरणमा १० जना पक्राउ परेका छन्।
कम्बोडियाबाट फर्किने क्रममा केपी शर्मा ओलीले सुन काण्डमा गृहमन्त्री संलग्न भएको हुन सक्ने आशंका गर्दै प्रष्ट पार्न आग्रह गरेका थिए। उता गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने कुनै …कोट वा …टारका नजिकका भए पनि तस्करलाई कारबाहीको दायरामा ल्याइछोड्ने बताएका छन्।
